३१ श्रावण २०८३, आईतवार
,
Latest
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्ट नजिकैको गेष्टहाउसमा युवा र युवती मृत फेला



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको एक गेष्टहाउसमा युवा र युवती मृत फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की रहेका छन् ।

करिष्माको घाँटीमा चोट देखिएको छ भने भरतले पङ्खामा झुन्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु साउन १५ गतेदेखि उक्तगेस्ट हाउसमा बस्दै आएका थिए । शुक्रवार दिउँसो गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

भरतले हत्यापछि आत्महत्या गरेको प्रहरीको आशङ्का छ । यसबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।