२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब रोएर फिल्म चल्दैन – पूजा शर्मा



अ+ अ-

काठमाडौँ । भदौ २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको एक्सनप्रधान टिजर सार्वजनिक गरिएको हो ।

फिल्मको अभिनेत्री तथा निर्मात्री पूजा शर्माले अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएकी छन् । पत्रकार सम्मेलनमा उनले भनिन् ‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ ।’

फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बनेको हो । फिल्मको कार्यकारी निर्माता सुशन पाठक छन् । फिल्ममा अभिनेता पल शाह मुख्य भूमिकामा छन् ।

यस्तै, पूजाका अलावा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, पूर्वमिस नेपाल निकिता चाण्डक लगायतको अभिनय रहेको छ ।

हेर्नुहोस् टिजर: