१९ माघ २०८१, शनिबार
,
Latest
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति कोटीहोम कथावाचक अनिरुद्धाचार्य महाराज सहभागी हुने



अ+ अ-

ललितपुर । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्नुहुने भएको छ ।

मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्नुहुने भएको हो ।

कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति महाराजले जानकारी दिनुभयो ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाउनुभएको आयोजकले जनाएको छ । धार्मिक प्रवचनका क्षेत्रमा शीर्षस्थानमा रहनुभएका अनिरुद्धाचार्यको प्रवचन श्रवण गर्न हजारौँ भक्तजनको उपस्थिति हुनेगरेको बताइएको छ ।

आयोजकका अनुसार हिन्दू धर्मको रक्षा एवं वृद्ध तथा गरिबको सेवामा सपर्पित अनिरुद्धाचार्यको सनातन हिन्दूधर्म र गौमाताको रक्षासहित सामाजिक कार्यतर्फ विशेष रुचि रहेको छ । स्वदेश तथा विदेशमा नाम चलेका कथा वाचक एवं वाचिकद्वारा वाचन हुँदै आएको पशुपति कोटिहोममा कथा श्रवणका लागि अहिले भक्तजनको भीड लागिरहेको छ ।