७ पुष २०८२, सोमबार
,
Latest
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को अर्को बैठक मंगलबार बस्ने



अ+ अ-

काठमाडौं । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा सिफारिस गर्ने उद्देश्यले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित गरिएको छ । परिषद्को अर्को बैठक मंगलबार (३० मंसिर) बिहान ९ बजेका लागि बोलाइएको छ ।

बालुवाटारमा आइतबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ‘आइतबारको बैठक केही समय बसेर स्थगित भएको छ भने अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि तय गरिएको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

परिषद्का सबै सदस्यलाई मंगलबार हुने बैठकबारेको पत्र आइतबार नै पठाइएको छ । हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् । ती निकायमा सिफारिस गर्न परिषद्मा रहने सबै पदाधिकारी बैठकमा सहभागी भएर आवश्यक निर्णय गर्न जनस्तरबाट चौतर्फी दबाब परिरहेको छ । राजधानी दैनिक