२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, डेढ लाख पुग्न सय रुपैयाँ कम



अ+ अ-

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज प्रतितोला ५ सय रुपैँयाले बढ्दै सुनको मूल्यले नयाँ ऐतिहासिक मूल्य बनाएको हो ।

आज सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगि सुनले उच्च रेकर्ड बनाएको थियो ।

बिहिबार सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।