३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुशीमा सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडित क्युएफएक्स चेनको नयाँ हल खुल्यो



अ+ अ-

काठमाडौँ । काठमाडौंको सामाखुशीमा रहेको सिटी स्क्वायर महलमा क्युएफएक्स चेनको नयाँ हल खुलेको छ ।

बिहीवार साँझ अभिनेता अभिनेता किरण केसी, रमेश उप्रेती, जितु नेपाल, प्रदीप खड्का, गायक प्रकाश सपुत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा हलको उद्घाटन गर्नुभएको थियो । तीनवटा पर्दा रहेको हलमा ४९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्नेछन् ।

सिटी स्क्वायर महलको नवौँ तलामा खुलेको हलको ११ औँ र १२ औँ तलामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरे कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ । हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने सिट जडान गरिएको छ । उ

द्घाटनपछि कुराकानी गर्दै सञ्चालक सुमित मैनालीले हलका सबै थिएटरमा पिक्चर र साउण्ड क्वालिटीलाई उच्च प्राथमिकता दिँदै उत्कृष्ट साउण्ड एरोम्याक्स वाई बार्को र दक्षिण एशियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको बताउनु भयो । जम्मा दर्शक क्षमता ५ सय सिट रहेको बताउनु भयो । लाउञ्जर, सोफा सिटहरु रहेको बताउनु भयो ।

यससँगै क्यूएफएक्सको हल संख्या १७ पुगेको छ । हलको टिकट रेट अहिले कम रहेको र बिस्तारै अरुकै स्तरमा पुर्‍याउने बताउनु भयो । ३ वटा थिएटरका लागि १८ करोड लगानी लागेको बताउनु भयो ।