६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही र अस्ट्रेलियन राजदूतबीच भेट



अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र अस्ट्रेलियन राजदूतबीच भेट भएको छ ।

वन मन्त्रालयमा अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क र वन मन्त्री शाहीबीच भेट भएको हो ।

भेटमा राजदूतले अस्ट्रेलियन सरकारको लगानीमा नेपालमा बिगत लामो समयदेखि सामुदायिक बन खाद्य सुरक्षा क्षमता जीविकोपार्जन जलवायू परिवर्तन जस्ता काम गरेको मन्त्रीलाई जानकारी गराएका थिए ।

अस्ट्रेलियाले नेपालको बन क्षेत्रमा ६० बर्षदेखि काम गर्दै आएको भन्दै राजदूतले जलवायू परिर्वतन जस्ता कामलाई अघि बढाउने चाहाना राखेका थिए । नेपालको वन क्षेत्रमा देखिएको डडेलो नियन्त्रण गर्न समुदाय सक्रिय हुनुपर्ने उनको भनाई छ ।

हिमाली क्षेत्रमा उच्च जोखिममा परेका समुदायलाई सहयोग गर्ने लक्ष्य रहेको पनि राजदूत बताए ।

वन क्षेत्रमा सन १९६६ देखि अस्ट्रेलियन सरकारको सहयोग रहदै आएको वन मन्त्री शाहीले बताए । उनले सामुदायिक बन बिकास परियोजनामा मार्फत नेपालमा वनको पुर्नस्थापना तथा वन प्राबिधिकरण क्षमता अभिबृद्धिमा अस्ट्रेलियन सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । अस्ट्रेलियन सरकारले जलवायु सामुदायिक वन विपन्न बर्गको जीविकोपार्जनका निम्ति लगानी निरन्तरता दिन मन्त्रीले राजदूतसँग आग्रह गरेका छन् ।