३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.36

Wind: 1.54

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ



अ+ अ-

काठमाडौँ । नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।