२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक



अ+ अ-

काठमाडौँ । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । जबकी गतवर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए ।

यसवर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एकसय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।

जुलाईमा झण्डै १२ प्रतिशतले बढे पर्यटक

सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झण्डै १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गतवर्षको जुलाईको तुलनामा यसवर्षको सोही अवधिमा ११ दशमलव नौ प्रतिशतले विदेशी पर्यटक बढेका हुन् ।

यसवर्षको जुलाईमा ६४ हजार पाँच सय ९९ विदेशी पर्यटक आगामन भएकामा गतवर्षको सोही अवधिमा यो संख्या ७५ हजार सातसय २६ थियो । बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार चार सय ६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा एक सय ९६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार नौ सय १६ विदेशी पर्यटकका नेपाल आगमन भएको थियो ।

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार चार सय ९१, अमेरिकाबाट सात हजार आठ सय ६४, चीनबाट ६ हजार आठ सय १९, वेलायतबाट तीन हजार आठ सय छ र बंगलादेशबाट तीन हजार चार सय ७० विदेशी पर्यटक नेपाल आएका छन् ।




भर्खरै