२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छ: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरुलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताउनु भयो । कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस शुरु गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक रुपान्तरणसहित सांस्कृतिक रुपान्तरणको अत्यन्त आवश्यक छ । हामीले राष्ट्रिय सभामा जतिपनि छलफल गरेका छौँ, रुलिङ गरेका छौँ, यसको कार्यान्वयनको निम्ति, तदारुकताका निम्ति के गर्न सकिन्छ, मैले यहीँ बस्दा बस्दै तपाईंहरुका जुन कुरा सुनिरहेका छु । मान्यज्युहका । सभापति मान्यज्युहरु, जो चार समितिका सभापतिज्युहरु हुनुहुन्छ । सबै दलका दल नेताहरुसहित बसेर यो मात्रै होइन । अरु हाम्रा जति पनि विषय वस्तुहरु छन्, राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले त्यसलाई निक्र्यौल नेपाल सरकारलाई हामीले कार्यान्वयन जुन भनेका छौँ, यि विषयवस्तुहरुको कार्यान्वयनको निम्ति एउटा अलि गहन ढंगको छलफल आवश्यकता हो की भन्ने मैले अनुभुति गरेको छु । म यो विषयमा अलि गम्भीरताका साथ लागेको छु । यसमा नयाँ ढंगको छलफल र बहस र यसको अनुगमन गर्ने विषयवस्तुहरु छन्, कार्यान्वयनको पक्षमा तदारुकता गर्नुपर्ने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको हाम्रो सम्बन्धलाई कायम गर्दै यि सबै विषयवस्तुहरु कहीँ नै कहीँबाट काम शुरु गरौँ ।’

अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरुमा पनि जटिल समस्या रहेको बताउनु भयो ।