३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छ: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरुलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताउनु भयो । कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस शुरु गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक रुपान्तरणसहित सांस्कृतिक रुपान्तरणको अत्यन्त आवश्यक छ । हामीले राष्ट्रिय सभामा जतिपनि छलफल गरेका छौँ, रुलिङ गरेका छौँ, यसको कार्यान्वयनको निम्ति, तदारुकताका निम्ति के गर्न सकिन्छ, मैले यहीँ बस्दा बस्दै तपाईंहरुका जुन कुरा सुनिरहेका छु । मान्यज्युहका । सभापति मान्यज्युहरु, जो चार समितिका सभापतिज्युहरु हुनुहुन्छ । सबै दलका दल नेताहरुसहित बसेर यो मात्रै होइन । अरु हाम्रा जति पनि विषय वस्तुहरु छन्, राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले त्यसलाई निक्र्यौल नेपाल सरकारलाई हामीले कार्यान्वयन जुन भनेका छौँ, यि विषयवस्तुहरुको कार्यान्वयनको निम्ति एउटा अलि गहन ढंगको छलफल आवश्यकता हो की भन्ने मैले अनुभुति गरेको छु । म यो विषयमा अलि गम्भीरताका साथ लागेको छु । यसमा नयाँ ढंगको छलफल र बहस र यसको अनुगमन गर्ने विषयवस्तुहरु छन्, कार्यान्वयनको पक्षमा तदारुकता गर्नुपर्ने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको हाम्रो सम्बन्धलाई कायम गर्दै यि सबै विषयवस्तुहरु कहीँ नै कहीँबाट काम शुरु गरौँ ।’

अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरुमा पनि जटिल समस्या रहेको बताउनु भयो ।