६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु लाइफको ६० करोड रुपियाँको आईपीओ आजदेखि विक्रीमा



अ+ अ-

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज सोमबार देखि आइपिओ विक्री खुला भएको छ । कम्पनीले आजदेखि ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आइपीओ) निष्काशन खुल्ला गरेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको कुल कित्तामध्ये ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारीका लागि र अर्को ५ प्रतिशतले हुने ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  

आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने धितोपत्र बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । छिटोमा पुस २ गते र ढिलोमा १२ गते निष्काशन बन्द हुनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेडिङ ४ दिएको छ ।  

लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।