१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

हवाई एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्छ: उपसभापति खड्का

हवाई एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्छ: उपसभापति खड्का
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

बिहीवार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्यअवस्था बुझ्न काठमाडौं मेडिकल कलेज पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले आफूले पाइलट शाक्यलाई भेटेको र उहाँको स्वास्थ्यअवस्था सुधारोन्मुख हुँदै गएको बताउनु भयो । उहाँले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विमान चालक मनिषरत्न शाक्यलाई भेट्यौँ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । उहाँको उपचार अझै जारी रहने चिकित्सकहरुले भन्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य निकै सुध्रिएको बताउनुभएको छ । सबैको आशिर्वादले पुन:जन्म पाएको बताउनु भयो । उहाँ कुरा पनि गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पुन:जन्म हुन्छ भन्नेकुरा उहाँबाट प्रमाणित भएको छ । उहाँले अब सबै ठिक भएपछि जाँचबुझ समितिसँग धेरै कुरा बताउनु हुनेछ । जसले गर्दा विमान दुर्घटनाका बारेमा जानकारी हुनेछ । हामीले सबैले प्रयत्न गर्दागर्दै पनि दुर्घटना भएका छन् । सडक, हवाई दुर्घटनालाई सबै राजनीतिक दल, सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । विमानस्थलमा थप केके सुविधा गर्नुपर्छ त्यो गर्ने, दुर्घटना रोक्न धेरै गम्भीर हुनुपर्छ ।’

नेपाली काँग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताउनु भयो । उहाँले काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताउनु भयो । उहाँले अस्पताल र चिकित्सकहरुको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुर्खाहरुले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ । किनभने सबै मर्ने उहाँ बाँच्नसक्ने भन्ने हुँदैन । उपचार गरेर उहाँलाई जोगाउने हाम्रो चिकित्सक टिमलाई पनि धन्यवाद दिन्छु । काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम छ, भन्नेकुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ ।’

यता, अस्पतालकी निर्देशक डा मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताउनु भयो । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो ।’

उहाँले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताउनु भयो । पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।