१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी

टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी
अ अ+ अ-

महोत्तरी । जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को आज दोस्रो दिन पनि यात्रा जारी छ । निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । बुधबार यसवर्षको साउने मेलाअन्तर्गतको दण्डीयात्रा सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमिटर यात्रा गरेका थिए ।

पस्रदै, उठ्दै फेरि पस्रदै । आपूm पस्रदा (लम्पसार पर्दा) ओगटेको दुरी रेखाङ्कित गर्दै गन्तव्यतिर अघि बढ्दै । सबैको एउटै उद्देश्य शिव दर्शन । सबैको एउटै वाणि ‘बोल बम ! ’

टुटेश्वरनाथ मन्दिरबाट १८ किमी दक्षिणको माण्डवीगङ्गा (मडहा), बरुणमति (बेलगाछी)र स्वर्णमति (सोनी) नदीको त्रिवेणी सङ्गमबाट श्रद्धालुले पवित्र जलपात्रमा जल भर्दै शिव दर्शनका लागि बुधबार पस्रदै यात्रा सुरु गरेका हुन् ।

बर्दिबास–५ को चुरे शृङ्खलाको पहाडी थुम्कोमा अवस्थित टुटेश्वर मन्दिरलाई मधेसको कैलाश र नेपालको बाबाधाम भनिन्छ । अनादिकालको यो शिवलिङ्गको दर्शनबाट सुख, सन्तोष प्राप्त हुने विश्वासका आधारमा श्रद्धालुले पस्रदै यात्रा गर्ने चलन बसको ३४ वर्ष भएको स्थानीय ७२३ वर्षीय वासुदेव महतोले बताउनुभयो । “विसं २०४८ साउन १७ गते पहिलो पटक टुटेश्वर दर्शनका लागि दण्डीयात्रा ठगा साहसँग मिलेर दुईजनाले सुरु गरेका थियौँ । यसपटक ३४औँ यात्रा हो”, उहाँले भन्नुभयो ।

बर्सेनि यात्रामा सहभागी हुँदा आफू सधैँ उर्जावान हुने गरेको महतोको बुझाइ छ । दुईजनाबाट सुरु भएको यात्रामा यसवर्ष करिब ३० बढी श्रद्धालु सहभागी भएको उहाँले जानकारी दिनुभयो । यसपाली साउने औँसीका दिन बिहान सभाप्रहर बित्नुपूर्वको माङ्गालिक बेलामा जल चढाउने तालिका बनाएर यात्रा थालिएको उहाँको भनाइ छ ।

त्रिवेणीमा ब्राह्मणको स्वस्तिवाचन, पाठबीच यात्रा सङ्कल्प गरेर कम्मरमा जल झुण्ड्याइ पस्रदै अघि बढेका श्रद्धालु भक्तजनले पाँचौँ दिन बिहान सभाप्रहर बित्नअघि टुटेश्वरनाथ शिवलिङ्गमा जल, बेलपत्र र जौँ चढाएर दर्शन गर्ने तालिका बनाएका छन् ।

“हामी पाँचौँ दिन बिहान भोलेबाबाको शरणमा पुग्छौँ”, दिपु यादवले भन्नुभयो, “पहिला हातखुट्टा दुख्ने, राम्री नचाल्ने समस्या थियो । यात्रामा सहभागी हुन थालेपछि हिँडडुल गर्नसक्ने भएको छु । यसवर्षको यात्रा ११ औँ पटकको हो ।”

यादवको प्रारम्भमा बोली लरबरिने समस्या पनि क्रमश: ठिक हुँदै गएको उहाँका छिमेकी बताउँछन् । शिव दर्शनका लागि कष्टकर यो विधिबाट कुनै शारीरिक कष्ट महसुस नगरिएको यात्रामा सहभागी बताउँछन् ।

“एकपटक लम्पसार पर्दा हातले जति दूरीमा रेखा खिच्न भ्याइन्छ, अर्को पटक त्यही रेखामा लम्पसार परेर यात्रा अघि बढाइन्छ । मिथिलामा बोलीचालीमा ‘दण्डी’ भनिने यस यात्राका श्रद्धालुलाई ‘दण्डीबम’ भनिन्छ । साउनमा यो यात्राका म्ँधइम्ब्ँट शिव दर्शन गरेमा मन शान्ति र स्वस्थ महसुस हुने गर्दछ”, गौशाला–८ का ४५ वर्षीय मायाराम साहले भन्नुभयो । यसवर्ष १०औँ पटकको दण्डीयात्रा थालेको उहाँले बताउनुभयो ।

“यो हठयोगी यात्रा हो, नाशवान् शरीरलाई के दु:ख के सुख? शिव दर्शनको लालसाले कहिल्यै कष्ट अनुभव गरिएन”, साहले भन्नुभयो । शान्ति प्राप्ति र भगवान् दर्शनका लागि यात्रा कष्टपूर्ण भए पनि नियमित गर्ने उहाँको भनाइ छ ।

पवित्रग्रन्थ श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले ज्ञानयोग, कर्मयोग र हठयोगको ज्ञान अर्जुनलाई दिनुभएको प्रसङ्ग कोट्याउँदै साहले आपूmहरुको यात्रा शिव दर्शन अभिलाषाको ‘हठ’ रहेको बताउनुभयो । यो यात्रामा धेरैजसो भाकल गरेका भेटिन्छन् ।

“शारीरिक कष्ट भएकाले टुटेश्वरनाथ पुगेर समस्या समाधानका लागि भाकल गरेको थिएँ । शारीरिक स्वस्थता भएसँगै यस वर्ष दोस्रो पटक यो यात्रामा सहभागी भएको हुँ”, गौशाला–४ का ४० वर्षीय श्याम महतोले भन्नुभयो । यस वर्ष नयाँ यात्रा थाल्ने १० जनाभन्दा बढी भेटिएका छन् ।

शारीरिक कष्ट हटेर सुख, शान्ति प्राप्त हुने विश्वासमा यात्रा सुरु गरेको गौशाला–४ का रामजतन महतोले उल्लेख गर्नुभयो । आजभन्दा ३४ वर्ष अगाडि सुरु भएको यो यात्रामा गौशाला नगरक्षेत्रका विभिन्न बस्तीका श्रद्धालुको उपस्थिति बढी देखिन्छ । पौराणिककालमा राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवीले सखीहरुसहित स्नानक्रिडा गर्ने नदीलाई माण्डवीगङ्गा भनिएको यात्री बताउँछन् ।

“यो त्रिवेणीको स्नान सम्पूर्ण पाप नासक छ”, ३४ वर्षअघि दण्डीयात्रा थाल्ने वासुदेव महतोले भन्नुभयो, “पछि यी र यिनका सहायक नदीको नाम बिगार्दै लगेका छन् । अब बर्दिबास र गौशाला नगरपालिकाले यसको संरक्षण र प्रवर्द्धन गर्न पौराणिककालको नाम प्रचलनमा ल्याउनुपर्छ ।” त्रिवेणी सङ्गमका माण्डवीगङ्गा, बरुणमती र स्वर्णमतीलाई ठेकदारले राजमार्ग निर्माणका क्रममा मडहा, बेलगाछी र सोनी नामाकरण गरीदिँदा पौराणिक परिचय ओझलिँदै गएको वासुदेवले गुनासो गर्नुभयो ।

त्रिवेणीबाट सुरु यो यात्राका दण्डीबम चार दिन बाटोमा रात्रि विश्राम गर्नेछन् । पहिलो दिन गौशाला–८ को स्वर्णमती नदी किनारको शम्भुस्थानमा रात्रि विश्राम गरेका यात्री आज गौशाला–८ को ढल्केवरमा रात्रि विश्राम गर्नेछन् । तेस्रो दिन पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोक र चौँथो दिन टुटेश्वर बस्तीको पुछारमा रात्रि विश्राम गरिने दण्डीयात्रीको भनाइ छ ।

दर्शन गर्ने पाँचाँै दिन बिहानलाई एक किलोमिटर दूरी राखि अघिल्लो दिन राति विश्राम गरिने वासुदेवले जानकारी दिनुभयो । यस वर्ष जल चढाउने दिन आइतबार परेको बताउँदै उहाँले साउनभरि यहाँ दैनिक सयौँ दर्शनार्थी पुग्ने गरेका जानकारी दिनुभयो ।

सोमबार विशेष मेला लाग्ने गरेको छ । बाटोमा यात्रीका लागि विभिन्न दाताले भोजन, पानी, सर्वत, चिया र बसोबासका सामान जुटाएका छन् । साउनको यो अलौकिक यात्रामा दाताको सेवा र सहयोगभाव पनि आपूmहरुका लागि उर्जा हुने गरेको यात्रीहरुको भनाइ छ । पस्रदापस्रदै पसिनाले निथ्रुक्क भएका यात्रीलाई कति श्रद्धालुले शीतल जल जिउमा खन्याइ रहेका देखिन्छ । कोही शीतल सर्वत हातमा लिएर सेवाको अवसर पर्खेका देखिन्छन् ।

दिउँसो प्रचण्ड राप हुनेहुँदा यात्रीले प्रत्येक दिन पहिलो प्रहर (बिहान भाले बासेसँगै) यात्रा गर्ने गरेका छन् । यात्रामा चियाखाजा खाने, भोजन गर्ने र रात्रि विश्रामको निश्चित तालिकाभित्र रहेर अगाडि बढ्ने दण्डीबमले बताएका छन् । टुटेश्वरनाथसँग जोडिएका पौराणिककालका कैयौँं किम्बदन्ती छन् ।

द्वापरयुगमा यो प्राचीन शिवालयमा वनबासका बेला अर्जुनले शिवजीको तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका ठाउँका रुपमा रहेको संस्कृतिविद् बताउँछन् । “पाण्डव वनबासमा थिए, कौरवसँगको युद्ध जित्न पाण्डवलाई दिव्यास्त्र आवश्यकता थियो । अर्जुनले यसै प्रयोजनका लागि यहाँ घोर तपस्या गरेर शिवजीलाई प्रशन्न पारी पाशुपतास्त्र प्राप्त गरेका हुन्”, प्राचीन संस्कृतिका अध्येतासमेत रहनुभएका होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले भन्नुभयो । तत्कालीन समयमा कुँदिएका पत्थर र यहाँ भेटिएका अन्य सामग्रीको अध्ययनबाट विद्वानहरुले यो निष्कर्ष बनाएका निकाले उहाँको भनाइ छ ।

“रामायणकालमा विदेहराज राजा जनकको कर्मभूमि, ज्ञानी ऋषिहरुको तपोभूमि र राजकन्याहरुको विहार गर्ने थलोका रुपमा यो ठाउँलाई चिनाउने गरिएको कार्कीले बताउनुभयो । किम्बदन्तीमा पौराणिक कथा जोडिए यस क्षेत्रको खोजी विसं २००२ देखि भएको पाइएको छ”, संस्कृतिविद् कार्कीले भन्नुभयो ।

विसं २००२ मा डिठ्ठा गौरीनारायण गिरीले वन फँडानी गरी बस्ती बसाउने क्रममा यहाँ प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला पारेका बर्दिबास–५ का वडाअध्यक्ष कहारमान स्याङ्वाले जानकारी दिनुभयो । “त्यसयता विभिन्न समयमा श्रद्धालु भक्तजनको सरसहयोगबाट मन्दिर निर्माण भएको हो”, उहाँले भन्नुभयो ।

शिवलिङ्ग बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले बताउनुभयो । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न केन्द्र र प्रदेश सरकारसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री यादवका अनुसार चालु आर्थिक वर्षमा सङ्घ र प्रदेशबाट गरी रु एक करोड बढी रकम विनियोजन भएको छ । विनियोजित रकम टुटेश्वरको विकासका लागि योजनाबद्ध काम थाल्न सर्वप्रथम विस्तृत परियोजना प्रस्ताव तयार गर्ने र सोअनुसार काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

“टुटेश्वरस्थान अतिप्राचीन धार्मिक सम्पदा हो, यो हाम्रो पहिचान र समृद्धिको आधार पनि हो”, मन्त्री यादवले भन्नुभयो, “अब यहाँ धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजनाबद्ध काम अघि बढ्छन् ।” यस पूण्यभूमिको संरक्षण र सम्बर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस