२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा प्रशिक्षक गायकवाडको निधन



अ+ अ-

एजेन्सी । भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा दुई पटक राष्ट्रिय प्रशिक्षक बनेका अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याका गायकवाडको बुधबार पश्चिमी शहर बरोडामा विविधस्वास्थ्य समस्याका कारण निधन भएको थियो ।

राष्ट्रिय टोलीको चयनकर्ता र प्रशिक्षक बन्नुअघि उहाँले भारतका लागि ४० टेस्ट र १५ एकदिवसीय खेल खेल्नुभएको थियो ।

गायकवाडले सन् १९८२ र सन् १९८३ को शृंखलामा पाकिस्तानविरुद्ध ७० टेस्ट इनिङ्समा एक हजार ९८५ रन बनाउनुभएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० का सचिव जय शाहले पूर्व क्रिकेटर गायकवाडको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अंशुमान गायकवाडको परिवार र साथीहरूप्रति मेरो गहिरो समवेदना छ । यो सम्पूर्ण क्रिकेट जगतका लागि हृदयविदारक घटना हो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि क्रिकेटर गायकवाडको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले एक्समा लेख्नुभएको छ, “उहाँ एक प्रतिभाशाली खेलाडी र उत्कृष्ट प्रशिक्षक हुनुहुन्थ्यो । उहाँको निधनले हामीलाई मर्माहत बनाएकोे छ । उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्दछु ।”

तत्कालिन समयमा हेल्मेटको प्रयोगबिना र बाउन्सरमा प्रतिबन्ध नहुँदासमेत गायकवाड वेस्ट इन्डिजका तीव्र गतिका बलरहरूको निडरतापूर्वक सामना गर्ने खेलाडीका रूपमा परिचित हुनुहुन्थ्यो ।

माइकल होल्डिङको बाउन्सरले कानमा लागेपछि उहाँको कानको शल्यक्रिया गरिएको थियो ।