१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा प्रशिक्षक गायकवाडको निधन

भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा प्रशिक्षक गायकवाडको निधन
अ अ+ अ-

एजेन्सी । भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा दुई पटक राष्ट्रिय प्रशिक्षक बनेका अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याका गायकवाडको बुधबार पश्चिमी शहर बरोडामा विविधस्वास्थ्य समस्याका कारण निधन भएको थियो ।

राष्ट्रिय टोलीको चयनकर्ता र प्रशिक्षक बन्नुअघि उहाँले भारतका लागि ४० टेस्ट र १५ एकदिवसीय खेल खेल्नुभएको थियो ।

गायकवाडले सन् १९८२ र सन् १९८३ को शृंखलामा पाकिस्तानविरुद्ध ७० टेस्ट इनिङ्समा एक हजार ९८५ रन बनाउनुभएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० का सचिव जय शाहले पूर्व क्रिकेटर गायकवाडको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अंशुमान गायकवाडको परिवार र साथीहरूप्रति मेरो गहिरो समवेदना छ । यो सम्पूर्ण क्रिकेट जगतका लागि हृदयविदारक घटना हो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि क्रिकेटर गायकवाडको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले एक्समा लेख्नुभएको छ, “उहाँ एक प्रतिभाशाली खेलाडी र उत्कृष्ट प्रशिक्षक हुनुहुन्थ्यो । उहाँको निधनले हामीलाई मर्माहत बनाएकोे छ । उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्दछु ।”

तत्कालिन समयमा हेल्मेटको प्रयोगबिना र बाउन्सरमा प्रतिबन्ध नहुँदासमेत गायकवाड वेस्ट इन्डिजका तीव्र गतिका बलरहरूको निडरतापूर्वक सामना गर्ने खेलाडीका रूपमा परिचित हुनुहुन्थ्यो ।

माइकल होल्डिङको बाउन्सरले कानमा लागेपछि उहाँको कानको शल्यक्रिया गरिएको थियो ।