५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन गृहमन्त्री लेखकको आग्रह



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको हो ।

बैठकमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिनुभएको हो । उहाँले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताउनु भयो । उहाँले केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताउनु भयो । सरुवा गरेर जिआईजीको ठाउँमा डिआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ । बढुवा पनि हुन्छ । निरन्तरको प्रक्रिया हो । सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर । तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ । जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो । र योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि । प्रहरी राम्रो बनाउनु पर्‍यो । अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो रु अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डिआइजी गएर इन्सपेक्टर त आएको होइन होला नि । अर्को डिआइजी आएको होला नि । त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिनु हुन म हात जोडेर प्रार्थना गर्छु ।’

गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्नका लागि प्रतिवद्ध छ रहेको बताउनु भयो । उहाँले सदाचार नीति अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।