१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सुन्तलामा कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका किसान चिन्तित

सुन्तलामा कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका किसान चिन्तित
file photo
अ अ+ अ-

गण्डकी । कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् । ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेको देखिन्छ । स्थानीय कृस्ती नाच्नेचौरका सुन्तलाका बगान यतिखेर कत्लेकीराको प्रकोपबाट कालम्मे भई कुरूप देखिएको छ ।

पोखरा महानगरपालिका–२१ काफलबोटेस्थित सुन्तलाको बगैँचामा पहिलोपटक देखिएको कत्लेकीराको प्रकोप यतिखेर आसपासको क्षेत्रमा पनि फैलिँदै उत्पादन घट्न थालेपछि चिन्तित हुनुपरेको स्थानीय सुन्तला कृषक नारायण सुवेदी बताउनुहुन्छ ।

सुन्तला कृषक सुवेदीले भन्नुभयो, “विगतमा एकाध बोटमा ध्वाँसे रोग देखिए पनि खासै असर गर्दैनथ्यो तर यसपटक भने एकाएक सुन्तला बगैँचा नै कालम्मे भई बोटबिरुवा बढ्नेक्रम रोकिएको छ । अब के फल लाग्ला अनि कति खान र बेच्न पाइएल ?”

सुन्तला बिक्रीबाट परिवार पाली बर्सेनि केही रकम जोहो गर्दै आएका कास्कीको काफलबोटे र कृस्ती नाच्नेचौरसहित आसपालका किसानलाई ध्वाँसे रोगको प्रकोपबाट गाउँठाउँ छोड्नपर्ने अवस्था सिर्जना भएको स्थानीय किसान बताउँछन् ।

अघिल्लो वर्ष फूल खेल्ने समयमा आएको असिनाले चाख्ने सुन्तला पनि थिएन बोटसमेत मर्छ किजस्तो लागेको थियो कृषि कर्ममा संलग्न सुवेदीले भन्नुभयो, “बोट पलाएर आयो तर यस वर्ष फल पनि राम्रो लागेको थियो नसोचेको रोगले बगैँचा नै सखाप पार्‍यो । मौसम राम्रो हुँदा? आठदेखि १० लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी हुन्थ्यो, अब सबै खत्तम हुने भयो ।”

पोखरा महानगरपालिकाका लेखा अधिकृतको भूमिकामा रहनुभएका कृषक सुवेदीले भन्नुभयो, “बगैँचा पूरै कालै देखिएपछि महानगर कृषि महाशाखाबाट प्राविधिकसहितको टोलीले गरेको अनुगमनका आधारमा दिइएको सल्लाहअनुसार एक हप्ताअघि ‘रोवर’ र ‘फोसिल’ नामक औषधिलाई पानीमा मिसाएर सुन्तलाको प्रत्येक बोटमा राखिएको छ ।”

उहाँले यस वर्ष पनि बगैँचाको खाली रहेको स्थानमा ६७ वटा सुन्तलाका नयाँ बिरुवा लगाउनुभएको छ । उक्त नयाँ बिरुवामा पनि रोगको प्रकोप देखिएको छ । बगैँचामा औषधिको प्रभाव देखिएको छैन । काफलबोटेस्थित करिब दुई सय ५० रोपनी क्षेत्रफल भएको सुन्तला बगैँचामा देखिएको सो रोग अहिले अन्य स्थानमा पनि पैmलिएको स्थानीय किसान विष्णुप्रसाद सुवेदी र नवराज सुवेदी बताउनुहुन्छ ।

छिमेकको सुन्तला बगैँचामा ध्वाँसे रोग देखिएपछि तीन दिनसम्म लगाएर उपचारमा खटिएको बताउँदै उहाँहरुले भन्नुभयो, “केही दिनपछि त हामीहरूको बगैँचा पनि कालै देखिन थाल्यो, एक हप्ताअघि राखिएको औषधिको प्रभाव देखिएको छैन, ध्वाँसे रोगको समस्याले किसानलाई सताएको अवस्था छ ।”

कीराले सुन्तलाका पात, डाँठ, मुना र फलबाट रस चुस्ने गर्दछन्, जसका कारण बिरुवा बढ्न सक्दैनन् । साना बिरुवामा यस्ता कीराले धेरै क्षति पुर्‍याउँछन् । नरम शरीर भएका कत्लेकीराले आप्mनो शरीरबाट महजस्तो गुलियो पदार्थ निकाल्ने हुँदा रोगको प्रकोप बढ्ने गरेको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार कत्लेकीराले निकालेको गुलियो पदार्थमा कालोढुसीको अत्यधिक वृद्धि भई सुन्तलाको पात, डाँठ र फलमा समेत ध्वाँसोजस्तो पदार्थले ढाक्ने गर्दछ । ध्वाँसोले प्रकाश लिने कार्यमा अवरोध उत्पन्न गरी बिरुवाको खाना बन्ने प्रक्रियामा अवरोध पुर्‍याउने गर्दछ ।

कत्लेकीराको शरीरको रङ सुन्तलाको बोटको पात तथा बोक्रासँग मिल्दोजुल्दो हुने हुँदा सजिलै चिन्न नसकिने बताउँदै उहाँले भन्नुभयो, “मसिना, गोला तथा चेप्टा राता खैरा रङका कत्लेकीराहरु मैनको ढकनीले ढाकिएर रहने र बोटको हाँगा, मुना, फल सबै भागबाट रस चुसी नोक्सान पुर्‍याउने उद्यत हुन्छन् ।”

पोखरा महानगरपालिकाले सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरी किसानलाई आवश्यक सहयोगसहित वार्षिक रुपमा अनुदान प्रदान गर्दै आएको सो क्षेत्रमा देखिएको कत्लेकीराको प्रकोप बढेसँगै किसान चिन्तित देखिएका छन् । यसरी ध्वाँसे रोगबाट किसान चिन्तित भएको जानकारी पाउनासाथ नियन्त्रण तथा उन्मूलनका पक्षमा काम गरिरहेको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–२१ को कृस्ती, फेदीपाटन, मास्पाटन, वहेली, रामदीलगाय क्षेत्रमा सुन्तलाको उत्पादन राम्रै हुने गरे पनि बेलाबेलामा देखिने रोगजन्य कीराको प्रकोपका साथै फुल्ने तथा कोपिला लाग्ने र फल बिक्री गर्ने समयमा आउने असिनाजस्तो प्राकृतिक प्रकोपले गम्भीर समस्या निम्त्याउने गरेको स्थानीय सुन्तला किसान बताउँछन् ।

‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा असिनालगायत प्राकृतिक प्रकोप तथा जङ्गली जनावरको आतङ्क झेल्दै आएका किसानले यस वर्ष पहिलोपटक कत्लेकीराको प्रकोप ब्यहोर्नु परेको छ । पोखरा महानगरले सुन्तला पकेट क्षेत्रमा पाँच वर्षदेखि बोट सङ्ख्याका आधारमा सुन्तला किसानलाई अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । पोखरा महानगरपालिकाले सुन्तलाखेतीको प्रवद्र्धनका लागि आव २०८९/८१ मा रु २५ लाख अनुदान सहयोग उपलब्ध गराएको थियो । रासस