३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भन्छन्– अब पार्टीका कार्यक्रम बालुवाटारमा हुँदैनन्



अ+ अ-

काठमाडौं । पार्टी कार्यालय डुवानमा परेपछि नेकपा एमालेको सचिवालय बैठक होटलमा बस्ने भएको छ ।

एमालेले काठमाडौंको सिंहदरबारनजिकै हनुमानस्थानमा रहेको होटल बसेरामा बैठक बस्न लागेको जनाएको हो । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको हो ।

मंगलवार रातिको अविरल वर्षापछि मनोहरा खोलामा आएको बाढीले च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको थियो ।

बढी पसेपछि अहिले पार्टी कार्यालय सरसफाइ र मर्मतको काम भइरहेको छ ।

यसैबीच एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बैठक सकेसम्म सरकारी निवास बालुवाटारमा नबस्ने जानकारी दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी दिनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभएको छ–

शुभ बिहानी!
सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।

आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।

धन्यवाद !