१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सरकारले कारागारका बालबालिकालाई राम्रो विद्यालयमा अध्ययन गर्ने व्यवस्था गर्नुपर्छ: काँग्रेस सांसद प्रसाईं

सरकारले कारागारका बालबालिकालाई राम्रो विद्यालयमा अध्ययन गर्ने व्यवस्था गर्नुपर्छ: काँग्रेस सांसद प्रसाईं
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रसकी सांसद सरिता प्रसाईंले कारागारमा रहेका आश्रित बालबालिकाहरुलाई बाहिर ल्याएर अध्ययनको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । हाल कारागारमा ७६ जना बालबालिका आश्रित अवस्थामा रहेको सरकारी डाटा उल्लेख गर्दै उहाँले उनीहरुलाई सरकारले बाहिर ल्याएर राम्रो विद्यालयमा पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले थोरै संख्यामा रहेका ती बालबालिकाहरुलाई राज्यले बाहिरनै राखेर पठनपाठनको व्यवस्था गर्न सके राम्रो सांसद प्रसाईंको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘कारागारमा ७६ जना आश्रित बच्चाहरु रहेछन् । त्यो ७६ जना आश्रित बच्चाहरुलाई हामीले बाहिर ल्याएर राम्रो स्कुलमा बढाउन सक्छौं । यो व्यवस्था गर्न सकिन्छ कि । त्यसले गर्दा त्यो माहौलबाट बच्चाहरु बाहिर आउछन कि रु भन्ने मेरो एउटा सुझाव छ ।’

सांसद प्रसाईंले ज्यानमार्ने उद्योग अन्तर्गतको कैदीलाई छुट्टै कारागारमा राख्ने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो । गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा बसेको बैठकमा उहाँले अन्य कैदीहरु र उनीहरुबीच झडप हुने स्थिति समेत हुने भएकाले उनीहरुलाई छुट्टै कारागारमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क समेत गर्नुभयो ।