१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

गृहमन्त्री लेखकलाई रवि लामिछानको सुझाव: मिडिया ट्रायल गृह मन्त्रालका लागि घातक छ, बच्नुस्

गृहमन्त्री लेखकलाई रवि लामिछानको सुझाव: मिडिया ट्रायल गृह मन्त्रालका लागि घातक छ, बच्नुस्
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गर्नुभएको छ ।

बुधवार गृहमन्त्री रमेश लेखक समेत उपस्थिति हुुनुभएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नि:वर्तमान गृहमन्त्री समेत रहनुभएका उहाँले मिडिया ट्रायक गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभुति अभिव्यक्त गर्नुभएको हो ।

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिनुभयो । उहाँले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरु गर्न सकिने अवस्था रहेको बताउनु भयो । सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा शुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्य बच्नुहोला । हुनत तपाईलाई माया गर्नेहरु अलि बढी छन् । मैले त खरो भएर होला सकिन । तपाई सक्नुहोला । मिडिया ट्रायललाई यो संगठनलाई जोगाउनुस् । संगठनको एउटा मान्छे आईजी हुने हो । अब प्रतिष्पर्धी अरुले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोशिस हुन्छ कि विजोग डट कम, कन्तविजोग डटकम, हरिबिगोज डटकमका न्युजहरु ह्वाटसेपमा पठाएको छ । छातिभरी फुलीनै फुली छ । मिडियाले थुरुरु कमाईदिएको छ । यो प्रहरी संगठनका लागि ठूलो समस्या बनेको छ । अहिले पनि मिडिया ट्रायल भएको छ । पहिला यो गर भनिदिन्छ । माहौल बनाउने काम गर्छ । भएन भने विज्ञको इन्टरभ्यु पनि राखिदिन्छ । पहिला यस्तो देखिन आयो भनिदिन्छ ।’

‘त्यसपछि यस्तो भयो भने खराब हुन्छ भनिदिन्छ । त्यसपछि विज्ञको ओपनियन हालिदिन्छ । तेस्रो दिन सम्पादकीय हाल्छ । त्यसरी तपाईलाई ट्रायल क्रियट गरिदिन्छ । र त्यसले प्रहरी प्रशासनको मनोबल गिराउने काम भएको छ । प्रहरी सक्षम छ, क्षमतावान छ । अब तपाईहरुसँग तागत पनि छ, शाहस पनि छ । प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानविन गर्न सक्छ । सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्छ । त्यसकारण अन्तिममा म के भनेर यसलाई टुंग्याउन चाहन्छु भने राजनीतिमा लामो अनुभव गर्नुभएको गृहमन्त्री हुनुहुन्छ । मैले केही कोशिसहरु अवश्य पनि गरेको हुँ । धेरै गर्ने ठाउँ विभिन्न कारणले थिएन । तर एउटा इमान्दार प्रयास अवश्य पनि गरेको हुँ । मलाई विश्वास छ–ती राम्रा कामहरुको निरन्तरता यहाँहरुले दिनुहुनेछ । ’

सभापति लामिछानेले आफूले गृहमन्त्रीको रुपमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास भने गरेको जिकिर गर्नुभयो ।