४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथग्रहण



अ+ अ-

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

बुधवार उहाँले समितिको सभा कक्षमा शपथग्रहण गर्नुभएको हो । सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनियताको शपथ ग्रहण गराउनुभएको थियो ।

डा. आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन हुनुभएको थियो । शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।