२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी पर्यटकले निर्वाधरुपमा गड्डाचौकी हुँदै भारततर्फ जान पाउने



अ+ अ-

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुन: खुला गरेको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान९डिपार्चर० खुला गरेको छ । १० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन९इमिग्रेसन० कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो ।

कोराना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो । गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो ।

केन्द्रबाटै केही सीमा नाका मात्रै भारत तर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निर्णयअनुसार त्यस बेलादेखि रोकिएको उहाँको भनाइ छ । विदेशी पर्यटकका लागि सीमा नाका खुला गरिएकाले पर्यटकलाई पठाउनका लागि भारतीय अध्यागमन कार्यालयले जानकारी दिएको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

“भारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा सीमा नाका हँुदै भारततर्फ जाने पर्यटको सङ्ख्या तीन वर्षदेखि ठप्प रहेको थियो”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “सीमा नाका भारतले खुला गरेपछि पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

भारत हुदै नेपाल प्रवेश गर्ने पर्यटका लागि भने सीमा नाका खुला रहेको थियो । भारतीय अध्यगमन कार्यालयबाट विदेशी पर्यटकलाई प्रवेश दिएसँगै पर्यटकलाई प्रस्थान अनुमती दिन सुरु गरिएको छ । रासस




भर्खरै