१२ बैशाख २०८२, शुक्रबार
,
Latest
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला एनएसएलको विजेताले ८० लाख पाउने हावा र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी: चीन देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनभवन कलेजका प्राध्यापकको हत्यामा संलग्न १७ वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्ष ३९ का रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका खड्का जिल्ला काठमाडौं साविक का.जि. का.म.न.पा.–३५ हाल का.म.न.पा.–३२ बस्ने वर्ष ३९ का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताउनु भयो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजिव पाण्डे सहितको समूहले रड र ईट्टा समेत प्रहार गरी घाईते बनाई बेहोस अवस्थामा छोडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

उहाँले भन्नुभयो, ‘मिति २०६४/०३/२६ गते जिल्ला ललितपुर साविक ललितपुर उपनगरपालिका वडा नं.–२२ हाल ललितपुर महानगरपालिका वडा नं.–२२ शंखमुल स्थित जिल्ला ललितपुर ईमाडोल गा.वि.स. वडा नं.–०२ घर भएका वर्ष ३३ का नेपाल कमर्श क्याम्पस मिनभवनमा प्राध्यापनरत धर्मराज विष्टलाई जिल्ला धादिङ साविक बुढाथुम गा.वि.स.वडा नं.–३ हाल गंगा जमुना गा.पा.–७ घर भई जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.–२६ ढोलाहिटी बस्ने वर्ष ४१ की सोभिता थापा भन्ने साविता थापा (अधिकारी) को योजनामा निजको सहोदर भाई विनोद थापा, जिल्ला काठमाडौं साविक का.जि.का.म.न.पा.–३५ हाल का.म.न.पा.–३२ बस्ने वर्ष ३९ को रञ्जन खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजिव पाण्डे सहितको समूहले रड र ईट्टा समेत प्रहार गरी घाईते बनाई बेहोस अवस्थामा छाडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत भएको उक्त घटना पश्चात फरार रहेका जिल्ला काठमाडौं साविक का.जि. का.म.न.पा.–३५ हाल का.म.न.पा.–३२ बस्ने वर्ष ३९ को रञ्जन खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०८१/०४/१५ गते का.जि. का.म.न.पा.वडा नं.–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट पक्राउ गरीएको हो ।’

बैंक तथावालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट माधवनारायण नगरपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २१ का शुभम साह र रौतहटको गौर नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने वर्ष २३ को सत्यमकुमार सहनीलाई पक्राउ गरी सार्वजनिक गरेको बताउनु भयो ।

उहाँले फेसबुक, ह्वाट्सएप, इमो, भाइबर जस्ता एपहरुको प्रयोगमार्फत ईसेवा वालेट लगायत विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी अनलाइनमार्फत ठगीमा परेका पीडितहरु २२ जनाले यस वर्ष काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइ उजुरी दिएको बताउनु भयो ।