२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगार र स्वरोजगार प्रवर्धनमा घरेलु तथा साना उद्योगको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री



file photo
अ+ अ-

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले रोजगार र स्वरोजगार प्रवर्धनमा घरेलु तथा साना उद्योगको महत्त्वपूर्ण भूमिका भएको बताउनुभएको छ ।

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेलले देश भित्रै रोजगारी सिर्जनाको लागि घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्ता उद्योगलाई प्रवर्धन गर्ने सरकारको नीति रहेको उहाँले बताउनुभयो ।

सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेसा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा केन्द्रित रहेको उहाँले प्रष्ट पार्नुभयो । नागरिकको विश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको उहाँले बताउनुभयो ।

घरेलु तथा साना उद्योग देशमा अझै विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको पौडेलले बताउनुभयो । ‘यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो, त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ’, उहाँले भन्नुभयो ।

घरेलु तथा साना उद्योग प्रवर्धनको लागि त्यससँग सम्बन्धित कानुन बनाउन र सुधार गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो । घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।




भर्खरै