२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिमा तीन मन्त्री उपस्थित, शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जना मन्त्रीहरु उपस्थित भएका छन् ।

मंगलवारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित हुनुभएको हो ।

साथै बैठकमा नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रहरी महानिरक्षक राजु अर्याल, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति रहेको छ । बैठक अहिले सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छ ।

आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी विषयमा छलफल भइरहेको छ ।