२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा घरभित्रै बाढी, जनजीवन अस्तव्यस्त (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । मंगलवार रातिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका यतिबेला डुबानले जलमग्न छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरु लेदो पानीले भरिएको देख्न सकिन्छ ।

काठमाडौंको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरुमा बाढी पसेको छ । जसले उपत्यकाका आम नागरिको जनजीवन प्रभावित भएको छ । नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरु पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ । नदी छेउका सडकहरुमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन् ।

कतिपय विद्यालयहरु बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । नदी छेउका नागरिकहरु यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ । जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन ।

क्यामेरामा कैद भएका काठमाडौं उपत्यकाका बाढी सम्बन्धी यि तस्बिरहरु हेर्नुहोस्:

 

तस्बिरहरु: न्युज एजेन्सी नेपाल