१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको बल्खु खोलामा बाढी : एकको मृत्यु, ११ जनालाई सारियो



अ+ अ-

काठमाडौं । काठमाडौंको बल्खु खोलामा आएको बाढीमा परेर एक जनाको मृत्यु भएको छ ।

बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।

आज बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको हो । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा बाढी आएको छ । बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुरलगायतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।

‘कुलेश्वर र बल्खुबाट मात्रै ११ जनालाई सुरक्षित स्थानमा लगिएको छ ।