७ श्रावण २०८३, बिहीबार
,
Latest
राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरूलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना, वाहिनी र गण गुल्मपतिहरूलाई भनेका छन् । पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको चन्द समूहले अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो । त्यसको भोलिपल्ट २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर–पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको निरीक्षण गरेका थिए । सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रधानसेनापतिको विभिन्न जिल्लाको भ्रमण क्रममा चन्द समूहका हिंसात्मक र संविधान, ऐन–नियमविरुद्धका गतिविधि नियन्त्रणमा सूक्ष्म निगरानी राख्न मातहत युनिटहरूलाई निर्देशन दिइएको बताए । मंसिर २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर र अन्तर्गत युनिटहरूको निरीक्षण गरेका थिए । बुधबार पाँचथरको भैरवी दल गण, ताप्लेजुङको भीमकाली गुल्म, संखुवासभाको रणभीम गुल्म र इटहरीस्थित पृतना हेडक्वार्टरको निरीक्षण गरेका थिए ।

२५ गते ओखलढुंगा र भोजपुरस्थित सैनिक ब्यारेकको भ्रमण गरेका प्रधानसेनापति थापाले त्यसअघि मंसिर १६ गते उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसहित हुम्ला, कालीकोटलगायत जिल्लास्थित सैनिक ब्यारेकको निरीक्षण गरेका थिए । मंसिर १७ र १८ गते सुदूरपश्चिम पृतना हेडक्वार्टर र मातहत जिल्लाका ब्यारेक पुगेका थिए । थापाले पछिल्लोपटक निरीक्षण गरेका जिल्लाका विकट भू–भागमा चन्द समूहका गतिविधि बढेका छन् । त्यसैलाई मध्यनजर गर्दै थापाले यी जिल्लाका ब्यारेक पुगेर चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन भनेका हुन् ।

‘आफ्नो जिम्मेवारी क्षेत्रमा भएका सुरक्षासम्बन्धी विभिन्न चुनौतीलाई विश्लेषण तथा अनुगमन गर्ने सेनाको दायित्व नै हो,’ प्रवक्ता पौडेलले कान्तिपुरसँग भने, ‘यसमा प्रधानसेनापतिको भनाइ गैरसंवैधानिक बाटो र हिंसात्मक गतिविधिमा संलग्नहरूको बारेमा विशेष निगरानी राख्नुपर्छ भन्ने नै हो । यसबारेमा जानकारी लिइरहनुपर्छ भनेर प्रधानसेनापतिले भन्नुभएको छ ।’ मुलुकको समग्र शान्तिसुरक्षाको स्थितिबारे जानकारीमा राखिरहनु र आवश्यकताअनुसार प्रशासन र अन्य सुरक्षा निकायलाई साथरसहयोग गर्नु सेनाको ‘न्याचुरल ड्युटी’ भएको उनले स्पष्ट पारे । ‘मातहत युनिटमार्फत आ–आफ्ना इलाकाको शान्तिसुरक्षालाई चुस्त र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गर्नु हाम्रा लागि अनन्याचुरल होइन, हाम्रो जिम्मेवारीभित्रकै दायित्व हो,’ पौडेलले भने, ‘चन्द समूहका संविधान र ऐनरनियमविपरीतका गतिविधि निगरानी गर्न जरुरी पनि छ ।’

शान्तिसुरक्षा व्यवस्थापनमा स्थानीय प्रशासनलाई सेनाले सधैं साथ–सहयोग गर्दै आएको उनले बताए । प्रधानसेनापति विभिन्न युनिटको भ्रमणमा जाँदा यस्ता सहयोगलाई अझ प्रभावकारी बनाउन र प्रशासनलाई मागअनुसार सहयोग गर्न पनि निर्देशन दिइएको उनले बताए । ‘यसका लागि पनि तयार भएर बस्नुहोस् । हिंसात्मक गतिविधिमा संलग्न समूहहरूको निगरानीमा विशेष ध्यान दिनुहोस् भनेर प्रधानसेनापतिबाट स्पष्ट रूपमा निर्देशन भएको छ ।’ कान्तिपुर दैनिक