५ पुष २०८२, शनिबार
,
Latest
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत



अ+ अ-

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित एक सय तीन जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो । प्रस्तावको विपक्षमा ३५ र तटस्थमा तीन मत परेको सभामुख भूवनकुमार पाठकले जानकारी दिनुभयो ।

विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को २७ गरी जम्मा ६४ मत खसेको हो । यसैगरी विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपाका प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टीका तीन जना तटस्थ बस्नुभयो ।

बैठकमा हाम्रो नेपाली पार्टीको दुई र राप्रपाका पाँच गरी सात जना अनुपस्थित रहनुभयो । बागमती प्रदेशसभा एक सय १० सदस्यीय छ ।

प्रदेशसभाको अर्को बैठक भोलि साउन १६ गते अपराह्न १ बजे बस्नेगरी सभामुख भुवनकुमार पाठकले आजको बैठक स्थगित गर्नुभयो ।