२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमा कार्ड मार्फत सूचीकृत अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गरियोस् – बर्तौला



photo: rss
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले स्वास्थ्य विमा कार्ड देखाएर नागरिकले देशका जुनसुकै सूचीकृत अस्पताल मार्फत विशेषज्ञ सेवा लिन पाईने व्यवस्था गर्नुपर्ने बताउनु भएको छ ।

सत्तापक्षको मुख्य सचेतक समेत रहनुभएका बर्तौलाले आज प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै विशेषज्ञ सेवा लिनका लागि प्रथम सेवा विन्दुबाट रिफर ल्याउनुपर्ने व्यवस्था नागरिक मैत्री नभएको उल्लेख गर्नु भएको हो ।

उहाँले भन्नु भयो – “स्वास्थ्य विमा कार्यक्रम सरकारले ल्याएको एक महत्वपुर्ण सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम हो । हाम्रो देशका ७५३ वटै पालिकाहरुमा यो कार्यक्रम विस्तार भएको छ । झण्डै ८० लाख नागरिकहरुको तहमा यो स्वास्थ्य विमा कार्यक्रम पुगेको छ ।”

उहाँले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदै नागरिकले देशका जुनसुकै सूचीकृत अस्पताल मार्फत विशेषज्ञ सेवा लिन पाईने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।