७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन: महासचिव पोखरेल



प्रेस चौतारी नेपाल दाङको आयोजनामा घोराहीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेल । तस्बिर : रञ्जिता अधिकारी / रासस
अ+ अ-

देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताउनुभयो । प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

“हामी सरकारका जानका लागि मात्रै मिलेका होइनाँै देश विकासका लागि सहकार्य गरेका हौँ”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो ।”

उहाँले पुराना दल चाहिदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताउनुभयो । उहाँले ठूला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका उल्लेख गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाव दिनुभयो । त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका सरकार मन्त्री भुमेश्वर ढाकाललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । रासस