१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता
अ अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आउनुभएकी उहाँलाई श्रीमान् र परिवारको साथ सहयोग छ ।

बेतका सामग्री बनाउने उहाँले अहिलेसम्म कुनै पनि तालिम लिनुभएको छैन । सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उहाँले काम सिकेपछि उद्यम सुरु गर्नुभएको हो । विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उहाँले उद्यम सुरु गर्नुभएको हो र  उहाँको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उहाँको परिवार छ ।

“व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । फर्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नका लागि भतिजासँग रु दुई हजार पाँच सय सापटी मगेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय सुरु गरेकी हुँ” उहाँले भन्नुभयो, “तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ ”।

सुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उहाँले सुनाउनुभयो । यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उहाँले बताउँनुभयो । उहाँले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुलालगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आउनुभएको छ ।

“धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवतजावत गर्ने गर्दछन, व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरुले आफ्नो पसलबाट बेतका सामग्री खरिद गरी लाने गरेका छन्”, चौधरीले भन्नुभयो । उहाँले प्रति ह्याङ्गर रु एक हजार पाँच सय, फूलदानी रु चार सय, कुर्सी तीन हजार, पिर्का रु तीन सयमा बिक्री गर्दै आउनुभएको छ ।

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक रु ७० हजार बराबरको कारोबार हुने गरेको उहाँले सुनाउनुभयो । जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उहाँले बताउनुभयो ।