२४ मंसिर २०८२, बुधबार
,
Latest
सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवा खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ, १० लाख बरामद



अ+ अ-

काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई चुनदेबीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुका ५२ वर्षीय प्रकाश शाही रहेका छन् ।

काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित यमकुमारी आलेको तीन तले घरको छतमा जुवा खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

जुवा खेलेको स्थानबाट १३ वटा ओखरसहित १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ ।