५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवन निर्माणमा ढिलाई भएकोमा उपप्रधानमन्त्री सिंहको असन्तुष्टि, छिटो सक्न निर्देशन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मंगलवार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुग्नुभएको उहाँले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले सबै सम्भावनाहरुलाई प्रयोग गरेर भएपनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकि रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरुको संख्या बढाएर कामलाई तिब्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनु भयो । समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरुले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिहेका उपप्रधानमन्त्री सिंहले बताउनु भयो । बाँकि भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरुले काम गरिरहेको उपप्रधानमन्त्री सिंहको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘यो भवन अलि चाँडो निर्माण गर्नुपर्‍यो भन्ने कुरामा हाम्रो सल्लाह भए अनुसार नै साईट भिजिट गरेर कन्ट्रयाक्टरलाई पनि बोलाउने, उसको अवस्था के छ रु त्यो पनि बुझने । र, यो कन्ट्रयाक्ट हुँदाखेरी भएको सम्झौता अनुसार काम गर्नका लागि के गर्न सकिन्छ, काम गर्नका लागि स्पिड कसरी बढाउन सकिन्छ रु सबै सम्भावनाहरुलाई प्रयोग गरेर यसलाई पूरा गर्नेतर्फ हामीले जोड दिईरहेका छौं । यत्रो ह्युज स्ट्रक्चर छ यो । काम चाँही गर्दैछ । तर, डबल सिफ्ट, त्रिपल सिफटमा गरेर भएपनि यसलाई अव सम्झौता गरेको पछिल्लो अवधि पनि नौं महिनामा समाप्त हुन्छ ।’

‘नौ महिनामा यो बाँकि रहेका सबै कामहरु सकाउनका लागि त यसमा सिफ्टहरु त बढाउनु पर्‍यो नि त । त्यसमा जोड दिन हामीहरुले घचघच्याईरहेका छौं । र हामो चाहना के हो त भन्दाखेरी टाईमली यो बनोस । र यो आउने हिउँदे अधिवेशन यही गर्न पाए राम्रो हुन्छ भन्ने कुरा त्यही हो । अब यो काम डवल सिफ्ट, ट्रिपल सिफ्ट गर्नुपर्ने हो । त्यसको गतिविधि अहिले देखा परिराखेको छैन । अब आज हामी यहाँ आउनु अघि पनि कन्ट्रयाक्टरलाई हामीले सूचना दिएकै हो । कन्ट्रयाक्टर यहाँ देखा परिराखेको छैन । अब यो बाँकि भएको कामलाई कन्ट्रयाक गरेको समय भित्रै सक्नका लागि कामको तिब्रता देखापरेको छैन । त्यसलाई घचघच्याउनका लागि पनि हामी काम गर्र्छौं ।’

शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको संख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालले बताउनु भयो । उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित शुरु भएको सो भवन निर्माण कार्य कोभिडको कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ । बाँकी भने थप गरिएको समयभित्र सो कार्य सम्पन्न गराउनका लागि निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भईरहेको मन्त्रालयका सचिव गेलाले बताउनु भयो । यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आउनुभएको छ ।