१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

संसद भवन निर्माणमा ढिलाई भएकोमा उपप्रधानमन्त्री सिंहको असन्तुष्टि, छिटो सक्न निर्देशन

संसद भवन निर्माणमा ढिलाई भएकोमा उपप्रधानमन्त्री सिंहको असन्तुष्टि, छिटो सक्न निर्देशन
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मंगलवार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुग्नुभएको उहाँले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले सबै सम्भावनाहरुलाई प्रयोग गरेर भएपनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकि रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरुको संख्या बढाएर कामलाई तिब्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनु भयो । समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरुले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिहेका उपप्रधानमन्त्री सिंहले बताउनु भयो । बाँकि भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरुले काम गरिरहेको उपप्रधानमन्त्री सिंहको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘यो भवन अलि चाँडो निर्माण गर्नुपर्‍यो भन्ने कुरामा हाम्रो सल्लाह भए अनुसार नै साईट भिजिट गरेर कन्ट्रयाक्टरलाई पनि बोलाउने, उसको अवस्था के छ रु त्यो पनि बुझने । र, यो कन्ट्रयाक्ट हुँदाखेरी भएको सम्झौता अनुसार काम गर्नका लागि के गर्न सकिन्छ, काम गर्नका लागि स्पिड कसरी बढाउन सकिन्छ रु सबै सम्भावनाहरुलाई प्रयोग गरेर यसलाई पूरा गर्नेतर्फ हामीले जोड दिईरहेका छौं । यत्रो ह्युज स्ट्रक्चर छ यो । काम चाँही गर्दैछ । तर, डबल सिफ्ट, त्रिपल सिफटमा गरेर भएपनि यसलाई अव सम्झौता गरेको पछिल्लो अवधि पनि नौं महिनामा समाप्त हुन्छ ।’

‘नौ महिनामा यो बाँकि रहेका सबै कामहरु सकाउनका लागि त यसमा सिफ्टहरु त बढाउनु पर्‍यो नि त । त्यसमा जोड दिन हामीहरुले घचघच्याईरहेका छौं । र हामो चाहना के हो त भन्दाखेरी टाईमली यो बनोस । र यो आउने हिउँदे अधिवेशन यही गर्न पाए राम्रो हुन्छ भन्ने कुरा त्यही हो । अब यो काम डवल सिफ्ट, ट्रिपल सिफ्ट गर्नुपर्ने हो । त्यसको गतिविधि अहिले देखा परिराखेको छैन । अब आज हामी यहाँ आउनु अघि पनि कन्ट्रयाक्टरलाई हामीले सूचना दिएकै हो । कन्ट्रयाक्टर यहाँ देखा परिराखेको छैन । अब यो बाँकि भएको कामलाई कन्ट्रयाक गरेको समय भित्रै सक्नका लागि कामको तिब्रता देखापरेको छैन । त्यसलाई घचघच्याउनका लागि पनि हामी काम गर्र्छौं ।’

शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको संख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालले बताउनु भयो । उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित शुरु भएको सो भवन निर्माण कार्य कोभिडको कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ । बाँकी भने थप गरिएको समयभित्र सो कार्य सम्पन्न गराउनका लागि निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भईरहेको मन्त्रालयका सचिव गेलाले बताउनु भयो । यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आउनुभएको छ ।