६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरलाको वायनाडमा पहिरो, ४१ जनाको मृत्यु, ४०० बेपत्ता



अ+ अ-

एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् ।

घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ । ७० अस्पतालमा उपचाररत छन् भने ४०० भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना गएराति २ बजेको हो ।

उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ । यसमा मेडिकल टिम पनि सामेल छ । यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेका छन् ।

वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको छ । पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । ५ जना अहिलेसम्म फेला परेका छैनन् । ५२ घर ध्वस्त भएका थिए ।