चिसोको मौसममा धेरैलाई एलर्जीको समस्या हुने गर्दछ । चिसोमा लगातार नाक बग्नु, हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एलर्जीको संकेत हुन्। सामान्यतया, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ, जसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिटै असर गर्दछ । हेर्नुहोस् चिसोको एलर्जीको लक्षणहरु यस्ता रहेका छन् :
- नाक चिलाउने
- आँखा चिलाउने, रातो हुने, आँखाबाट पानी बग्ने, आँखा सुन्निने- पोल्ने
- लगातार हाच्छिँउ आउने
- नाकबाट सिगान बग्ने, नाक बन्द हुने
- खोकी लाग्ने, दम बढ्ने
- टाउको भारी हुने
- शरीर दुख्ने
- घाँटी खसखसाउने वा खोकी लाग्ने
- छाला रातो हुने, चिलाउने
- कानमा समस्या देखिने, कान सुन्ने क्षमतामा कमी आउने
- मुख वरिपरि सुन्निनु
- खाना निल्न समस्या हुने
बच्ने उपायहरु :
- चिसोको एलर्जीको धुलोधुवाबाट समेत हुने भएकाले सडकमा हिड्दा नाक मुख छोपर हिड्ने, मास्क लगाएर मात्र बाहिर निस्कने
- आफुले प्रयोग गर्ने कपडा ओच्छ्यान ओसिलो हुनबाट जोगाउन समय समयमा घाममा सुकाउने
- सरसफाइ गर्दा भ्याकुम क्लिनरको प्रयोग गर्ने
- घरमा जनावर छन् भने तिनको रौंबाट बच्ने
- सकेसम्म घर पालुवा जनावरबाट टाढै रहने
- हरियो सागपात फलफूलहरु राम्ररी पखालेर मात्रै खाने
- एकै पटक तातोचिसो नखाने