१८ श्रावण २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । “युएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु”, मन्त्री खड्काले भन्नुभयो । ऊर्जा क्षेत्रको विकासमा भएका कानुनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो ।

भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस