१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भाषण भन्दा धेरै काम गरेर देखाउनुपर्नेछ: उपप्रधानमन्त्री सिंह

भाषण भन्दा धेरै काम गरेर देखाउनुपर्नेछ: उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।

काठमाडौंमा सोमवार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो । सोही अनुसार मौद्रिक नीति आएको पनि उहाँको भनाइ छ । वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्नेगरी आएको बताउनु भयो । उहाँले ऐन, कानूनको कार्यान्वनय नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि आग्रह गर्नुभयो । उहाँले सरकारलाई दबाब र सुझाव दिएमात्रै कामहरु छिटो छरितो र व्यवस्थित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरले काम गर्दाखेरी जुन नीतिगत तवरमा समस्या भोगिरहनुभएको छ, त्यसको लागि अलि खुकुलो पार्ने, व्यवस्थित गर्ने र सरलीकृत गर्ने भुमिका निर्वाह गर्नेछु । काम गर्दैगर्दा तपाईंहरुले भोग्दै आउनुभएका समस्यालाई सरकारलाई बारम्बार घच्घच्याइरहनु पर्छ । एउटा कार्यक्रममा भन्यो, त्यसपछि भइहाल्छ की भनेर बस्नुभयो भने त्यसमा गम्भीर्यता हुँदैन । यसमा तपाईहरुले समय समयमा घच्घच्याइरहनु पर्छ । सरकारले त्यसमा अलिकति सरलीकृत गरेको खण्डमा तपाईंहरुको काममा सहजता आउँछ । अहिलेको सरकारले अहिलेको अर्थतन्त्रलाई अलि अघि बढाउने, जीवन्तता ल्याउनका लागि सरकारले भाषणहरु भन्दा पनि कामबाट देखिरहनुभएको छ । मौद्रिक नीति जुन ल्याएको छ, व्यापार गर्न सहज होस् भनेर सरकारले ल्याएको हो । त्यसलाई पनि त सबैले स्वीकार गर्नुपर्छ नि । लामो र धेरै कुरा गर्नु भन्दा पनि हामीले काम गरेर देखाउनुपर्नेछ ।’

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले समस्या परेका ठाउँलाई सहज र नीतिगत रुपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने पनि बताउनु भयो ।