२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिना खानले केमोथेरापीको निशान देखाउँदै भनिन्– राम्रो समय आउँदैछ



अ+ अ-

एजेन्सी । अभिनेत्री हिना खान स्तन क्यान्सरसँग लड्दै छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्नो केमोथेरापीको घाउ सेयर गरेकी छिन् ।

उनले पोस्ट गरेको तस्बिरमा उनले टी–सर्ट लगाएकी छन् जसमा लेखिएको छ– ‘राम्रो समय आउन लागेको छ’ ।

यो वर्ष जुनमा हिना खानले आफ्नो क्यान्सर भएको खबर सेयर गरेकी थिइन् । स्टेज ३ स्तन क्यान्सर पत्ता लागेदेखि उनी हरेक दिन साना कदमहरू चाल्दै छिन् । उनी आफ्नो स्वास्थ्यको बारेमा लगातार अपडेट दिन्छिन् ।

हालै एक अस्पतालको भ्रमणको क्रममा, हिनाले त्यहाँका स्टाफको हेरचाह र सहयोगको लागि कृतज्ञता पनि व्यक्त गरिन् । उनले कोकिलाबेन अस्पतालको हाउसकिपिङ विभागबाट प्राप्त एक भावनात्मक नोट सेयर गरेकी थिइन् ।

अभिनेत्रीले हातले लेखिएको यो नोटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै यो नोटले आफ्नो मनोबल बढाएको बताइन् । नोटमा उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

यी सबैको बावजुद हिनाले फेरि काम सुरु गरिन् । केही दिन अघि उनले सुटिङको लागि तयार भएको भिडियो पोस्ट गरेकी थिइन् । पोस्टमा, उनले लेखेकी छन्, ‘ठूला चुनौतीहरूको बाबजुद पनि आफूलाई विश्राम दिन र राम्रो दिनहरू बाँच्न महत्त्वपूर्ण छ ।’ उनले यो पनि भनिन् कि कठिन परिस्थितिमा पनि, यदि तपाईसँग शक्ति छ भने, तपाईलाई खुशी पार्ने काम गर्नुहोस् ।

जुन २८ मा हिनाले सामाजिक सञ्जालमा आफूलाई स्टेज ३ स्तन क्यान्सर भएको बताएकी थिइन् ।