१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिना खानले केमोथेरापीको निशान देखाउँदै भनिन्– राम्रो समय आउँदैछ



अ+ अ-

एजेन्सी । अभिनेत्री हिना खान स्तन क्यान्सरसँग लड्दै छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्नो केमोथेरापीको घाउ सेयर गरेकी छिन् ।

उनले पोस्ट गरेको तस्बिरमा उनले टी–सर्ट लगाएकी छन् जसमा लेखिएको छ– ‘राम्रो समय आउन लागेको छ’ ।

यो वर्ष जुनमा हिना खानले आफ्नो क्यान्सर भएको खबर सेयर गरेकी थिइन् । स्टेज ३ स्तन क्यान्सर पत्ता लागेदेखि उनी हरेक दिन साना कदमहरू चाल्दै छिन् । उनी आफ्नो स्वास्थ्यको बारेमा लगातार अपडेट दिन्छिन् ।

हालै एक अस्पतालको भ्रमणको क्रममा, हिनाले त्यहाँका स्टाफको हेरचाह र सहयोगको लागि कृतज्ञता पनि व्यक्त गरिन् । उनले कोकिलाबेन अस्पतालको हाउसकिपिङ विभागबाट प्राप्त एक भावनात्मक नोट सेयर गरेकी थिइन् ।

अभिनेत्रीले हातले लेखिएको यो नोटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै यो नोटले आफ्नो मनोबल बढाएको बताइन् । नोटमा उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

यी सबैको बावजुद हिनाले फेरि काम सुरु गरिन् । केही दिन अघि उनले सुटिङको लागि तयार भएको भिडियो पोस्ट गरेकी थिइन् । पोस्टमा, उनले लेखेकी छन्, ‘ठूला चुनौतीहरूको बाबजुद पनि आफूलाई विश्राम दिन र राम्रो दिनहरू बाँच्न महत्त्वपूर्ण छ ।’ उनले यो पनि भनिन् कि कठिन परिस्थितिमा पनि, यदि तपाईसँग शक्ति छ भने, तपाईलाई खुशी पार्ने काम गर्नुहोस् ।

जुन २८ मा हिनाले सामाजिक सञ्जालमा आफूलाई स्टेज ३ स्तन क्यान्सर भएको बताएकी थिइन् ।