१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्छौं– कप्तान अरुणा शाही

काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्छौं– कप्तान अरुणा शाही
अ अ+ अ-

काठमाडौँ । नेपाल घरेलु मैदानमा आगामी बिहीवारदेखि शुरु हुने काभा महिला नेसन्स लिगको उपाधि जित्ने लक्ष्य लिएको छ ।
यो उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारीसमेत गरेको छ । प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ । यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन । तर नेपाली टोली शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकरात्मक सन्देश दिएको छ ।

नेपाली महिला भलिबल टोली कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारी धेरै राम्रो भएको उल्लेख गर्दै उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताउनुभको छ । उनले उपाधि जित्ने लक्ष्यसहित मिहिनित पनि गरेको बताइन् । यद्यपि प्रतिद्वन्द्वी पनि बलिया र अनुभवी रहेकाले लक्ष्य सहज नरहेको पनि स्वीकार गर्नुभयो । घरेलु समर्थकको साथ टोलीका लागि मनोबल बढ्ने उहाँको विश्वास छ ।

लामो समयदेखि प्रशिक्षण प्रशिक्षणसँगै रसियाबिरुद्धको खेल काभाको तयारीका लागि महत्वपूर्ण रहेको कप्तान अरुणा बताउनुहुन्छ । शुरुको खेलमा रसियासँग रिसिभ र डिफेन्समा केही समस्या भएपनि त्यसलाई क्रमिक रूपमा सुधार भइरहेको उनको विश्वास छ । रसियाका खेलाडीलाई हाइट एडभान्टेच भएर पनि उनीहरूको सर्भिस र साइटलाई रोक्न केही कठिनाई भएको अरुणाको बुझाइ छ । नेपालकी कप्तान अरुणाले रसियाबिरुद्धको खेलले भारत, श्रीलंका र इरानजस्ता बलिया टोलीसँग खेल्न मद्दत पुग्ने बताउनु भयो । रसियाविरुद्ध हाइट भएको ब्लकमा खेल्दा केही अनुभज प्राप्त भएको अरुणाले उल्लेख गर्नुभयो । अहिले काभामा भएका टोली पनि बलिया रहेकाले उनीहरू खेल्ने सहज नहुने कप्तान अरुणा बताउँछिन् । काभा महिला भलिबलमा नेपालका लागि महत्वपूर्ण मानिएकी प्रतिभा माली हुनेछैन । उनी चोटका कारण लामो समयदेखि मैदान बाहिर छिन् । यद्यपि भएका खेलाडीबाट नै आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास भएको कप्तानको भनाइ छ ।

नेपाली टोलीकी अनुभवी स्पाइकर सरस्वती चौधरीले पनि भारत, इरान र श्रीलंका निकै बलियो टोली रहेको र उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतविरुद्ध राम्रो खेल खेल्दा पनि हारको अनुभव भइरहे पनि यसपटक जित्ने प्रयास हुने बताउनु भयो । भारतीय टोलीबाट खेल्ने तीन खेलाडीसँगको नेपालीले घरेलु लिग खेलेकाले त्यसको फाइदा पनि हुने उहाँको विश्वास छ ।

नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिनुभएको छ । उनले रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाएको बताउनु भयो ।

प्रशिक्षक भट्टले आफूभन्दा बलियो टोलीसँग खेल्दा हार र जितभन्दा पनि टेक्निक सिक्ने अवसरका रूपमा यो मैत्रीपूर्ण खेललाई लिनुपर्ने औंल्याउनु भयो । बलियो टोली बन्न कसरी खेल्नुपर्छ र के रणनीति आवश्यक पर्छ रु भन्ने कुरा यो मैत्रीपूर्ण खेलबाट सिक्न पाउने प्रशिक्षकको विश्वास छ । प्रशिक्षक भट्टले काभा महिला भलिबलमा नेपालले पाएको सफलतालाई जोगाइराख्न चुनौती रहेको समेत बताउनु भयो । साथै उहाँले भारत, इरान र श्रीलंका नेपालभन्दा केही मात्र माथि रहे पनि जित सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो ।

अहिले खेलाडीमा राष्ट्रिय टोलीबाट खेल्दा सबै पायौं भन्दा पनि उपाधि जित्नुपर्छ भन्ने मनोविज्ञान रहेकाले त्यसले नेपाली टोलीमा आत्मविश्वास बढेको प्रशिक्षक भट्ट बताउनु हुन्छ । अहिले टोलीमा रहेका १४ जना खेलाडी नै अंक दिलाउन महत्वपूर्ण हुनेगरी तयारी भइरहेको प्रशिक्षकले बताउनु भयो । नेपालले मैत्रीपूर्ण खेल र काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरेको थियो । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना बिष्ट र उषा भण्डारी छिन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा छिन् ।

मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी हुन् । यी दुईले रसियासँग प्रभाव छाडेका थिए । महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् । नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश र सहायक प्रशिक्षकमा भरत यादव छन् । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।