१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ

सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ
अ अ+ अ-

डुम्रे । जिल्लाको देवघाट गाउँपालिका–२बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ । आकाशे पानीको भरमा यहाँका सुन्तलाखेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । भिरालो र सुक्खा क्षेत्रमा सिँचाइको अभावमा समस्या झेल्दै आएका किसानलाई सौर्य ऊर्जामार्फत सिँचाइ पुगेपछि सहज भएको हो ।

एक सय चार मिटर उचाइमा रहेका सुन्तलाबारीमा लिफ्टिङ प्रविधिबाट सिँचाइका सुविधा पुगेपछि खेती गर्न सहज भएको किसान तिलबहादुर थापाले बताउनुभयो । बेसारघारी सिँचाइ आयोजनाअन्तर्गत उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका थापाले भन्नुभयो, “यहाँका बासिन्दालाई सिँचाइमा समस्या थियो । हामीले आकाशे पानीको भरमा परम्परागत विधिबाट खेती गर्दैैैै आएका थियौँ । सोलार प्रविधिबाट पानी तानेर अहिले सहज रुपमा सिँचाइ गर्न पाएका छौँ ।”

सहज सिँचाइ सुविधा पाएपछि अहिले व्यावसायिक रुपमा सुन्तलासँगै अन्य खेतीतर्फ जोडिँदै गएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “केही फाइदा र बेफाइदा हुने रहेछ । पानीको मुहान सुक्दा समस्या हुन्छ । पहिलेभन्दा सहज भएको छ । सिँचाइका लागि मुहानमा पर्याप्त पानी आवश्यक पर्दछ ।”

देवघाट–२ बेसारघारीमा सौर्य ऊर्जाका माध्यमबाट पानी लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर जगन्नाथ चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार रु एक करोड २१ लाखको लागतमा बेसारघारी लिफ्टिङ योजना निर्माण गरिएको हो ।

बन्दीपुर गाउँपालिका–३ मा कोल्पाटा सिँचाइ आयोजनामार्फत १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याइएको छ । रु ५१ लाख ८७ हजारको लागतमा उक्त आयोजना निर्माण भएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । व्यास नगरपालिका–६ चापाटारस्थित याङ्दी खोला सिँचाइ योजनामार्फत रु ५७ लाख २२ हजारको लागतमा सिँचाइ सुविधा पुर्‍याइएको छ । यसले १५ हेक्टर क्षेत्रफलमध्ये १२ हेक्टरमा सिँचाइ हुने उहाँले जानकारी दिनुभयो ।

भानु नगरपालिका–१० स्थित पदेलफाँट लुइँटेलफाँट सिँचाइ आयोजना निर्माणाधीन छ । यसले १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने कार्यालयले जनाएको छ । उक्त आयोजना रु ६५ लाख ८० हजारमा निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा शुक्लागण्डकी नगरपालिका–१० स्थित लोग्दीटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिँचाइको सुविधा उपलब्ध गराइएको थियो । क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत पानी तानेर दुईवटा ट्याङ्कीमा पानी सङ्कलन गरिएको सूचना अधिकारी चापागाईंले उल्लेख गर्नुभयो ।

“ट्याङ्कीमा सङ्कलित पानी करिब चार किलोमिटर क्षेत्रफलमा पाइप बिछ्याएर प्लट–प्लटमा धारा जडान गरिएको छ । उक्त धाराबाट करिब एक महिनादेखि पानी वितरण गरी सिँचाइ भइरहेको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारको करिब रु एक करोड २९ लाखको लागतमा निर्माण गरिएको लोग्दीटार लिफ्ट सिँचाइ आयोजनाबाट करिब तीन सय उपभोक्ता लाभान्वित भएका छन् । यस्तै, सिस्नेरी ठूलोफाँट लिफ्ट सिँचाइ आयोजनाबाट १२ हेक्टर क्षेत्रफलमा सुविधा पुगेको छ । आयोजना निर्माण भएपछि यहाँ हिउँदमा पनि हरियो सागसब्जी र तरकारी खेती गर्न पर्याप्त सिँचाइ उपलब्ध भएको छ । यस आयोजना विसं २०७५ देखि सुरु भएकामा हाल सम्पन्न भई सञ्चालनमा आएको सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो ।

सुक्खा जमिनमा सिँचाइका लागि पानी पर्याप्त भएसँगै किसानले तरकारीखेतीसँगसँगै धानखेती पनि गर्दै आएका छन् । यहाँका किसानले अहिले गहुँ, धान, मकै, काउली, बन्द, तोरीलगायत खेती गरिरहेका छन् । सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको सुविधा उपलब्ध गराउन योजनाबद्ध काम थालिएको कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले बताउनुभयो । उहाँका अनुसार कार्यालयले अहिले शुक्लागण्डकी र भिमाद नगरपालिका, बन्दीपुर र देवघाट गाउँपालिकामा सोलर लिफ्ट सिँचाइ आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

“लोकेतीटारमा २३, सिस्नेरीमा २७ र बेसारघारीमा ३२ वटा धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाएका छौँ”, प्रमुख लम्सालले भन्नुभयो, “सोलार लिफ्टको माध्यमबाट लोग्दीटारमा करिब चार सय ६० रोपनी, सिस्नेरीमा करिब तीन सय रोपनी र बेसारघारीमा छ सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।” सिस्नेरी फाँटमा जमिनभन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको छ । उक्त आयोजनाअन्तर्गत तीन किमी क्षेत्रफलमा पाइप बिछ्याइएको छ । बेसारघारीमा स्थानीय खोलामा पोखरी बनाएर पानी जम्मा गरी एक सय चार मिटर उचाइमा सौर्य ऊर्जाको माध्यमबाट पानी लिफ्टिङ गरिएको कार्यालयले जनाएको छ ।

सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराई व्यावसायिक कृषि पेसामा आबद्ध किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य ऊर्जा लिफ्टिङ प्रविधिको प्रयोग गरी यी योजना सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयका डिभिजन प्रमुख लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको स्रोतभन्दा सिँचाइको सुविधा पुर्‍याउनुपर्ने क्षेत्र अग्लो स्थानमा भएकाले विद्युतीयमाध्यमबाट सिँचाइ पुर्‍याएका छौँ । विद्युत् महसुलले किसान मारमा पर्नसक्ने सम्भाव्यतालाई अध्ययन गरी सहज सोलार प्रविधिको उपयोगी गरिएको छ ।”

प्रदेश सरकारबाट सिँचाइका लागि कूल रु पाँच करोड ४१ लाख बजेट विनियोजन भएको छ । गत आवमा दुई सिँचाइ योजना सम्पन्न भएका प्रमुख लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ ससर्ततर्फ रु एक करोड ८५ लाख बजेट विनियोजन भएको थियो । रासस