१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद स्थलमा भागदौडपछि कंगोमा ९ जनाको मृत्यु, सबै खेल स्थगित



अ+ अ-

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलहरूमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधिहरू स्थगन गरिएको छ ।

मुख्य खेलकुद केन्द्र, स्टेड डेस मार्टर्समा एक कन्सर्टमा कम्तिमा नौ जनाको मृत्यु भएको एक दिनपछि आन्तरिक उपप्रधानमन्त्री ज्याकमेन शबानीले सबै खेलहरु स्थगित गरेको बताउनुभएको हो ।

भागदौडबाट ९ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताउनु भयो । घाइतेको उपचार भइरहेको उहाँको भनाइ छ । शनिवार किन्शासाको स्टेड डे मार्टर्समा संगीतकार माइक कालाम्बाईको कन्सर्टको क्रममा भागदौड भएको थियो । जहाँ एक गर्भवती महिला र बच्चाहरूसहित कम्तिमा नौ जनाको मृत्यु भएको थियो ।

८० हजार सिटको क्षमता भएको देशको सबैभन्दा ठूलो मानिने स्टेडियममा कन्सर्ट, सांस्कृतिक कार्यक्रमहरू र राजनीतिक बैठकहरू हुने गर्दछन् । अक्टोबर २०२२ मा कङ्गोली संगीतकार फली इपुपाको कन्सर्टको क्रममा स्टेड डे मार्टर्समा पनि भागदौडमा दुई प्रहरी अधिकारीहरूसहित ११ जनाको मृत्यु भएको थियो ।