१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे…

जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे…
अ अ+ अ-

काठमाडौँ । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुुख्य जिम्मेवारीमा पुुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नुु स्वभाविकै हो ।  प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उहाँ जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले आज त्यस्तै प्रकारको खुसी र गौरव अभिव्यक्त गरेका छन् । उहाँहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सामूूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई र शुभकामना दिनुभयो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गर्नुभयो । तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मनुभएका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापा बसाइ सरेको हो ।

“हाम्रै धुलो माटोमा जन्मिएर चार चार पटकसम्म मुलुकको प्रधानमन्त्री हुनु हामी जिल्लावासीका लागि गौरवको विषय हो । संयोगले यस पटक विश्वासको मत दिने क्रममा म पनि तपाईँको पक्षमा उभिन पाएँ । एक पटक जिल्ला र जन्मस्थल आठ्राई आएर त्यहाँको अवस्थाबारे बुझिदिनुहोला”, कांग्रेस सांसद गुरुङको सो आग्रहलाई प्रधानमन्त्री ओलीले हँसिलो मुुद्राका साथ श्रवण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सांसद गुरुङ र आठ्राई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको विकास निर्माण सम्बन्धि लिखित मागपत्रलाई आवश्यक कारवाहीका लागि आफ्नो सचिवालयलाई जिम्मा दिनुुभयो ।

लाँलीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङको चाहना पनि ती माग कार्यान्वयन हुनुपर्छ भन्ने रहेको छ । यस्तै सांसद गुरुङले प्रधानमन्त्री ओली पढेको पोखारी माध्यमिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेको, १५ शय्याको गाउँपालिका अस्पताल निर्माणमा ढिलाइ भइरहेको, सुकेपोखरी–प्रणामी मावि–ढङु्गेसाँघुु सडक, लुम्बुघाट मोटरपुल आदि ठेक्का लागेका योजना अलपत्र परेकाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउनुुभयो ।

चुहानडाँडामा निर्माण हुने विमानस्थल लामो समयदेखि वातावरणीय प्रभावको अध्ययनमा मात्र सीमित भइरहेको हुँदा वातावरणीय अध्ययन कार्यलाई यथाशिघ्र सम्पन्न गरी निर्माणकार्य अगाडि बढाउन आवश्यक निर्देशन दिन गाउँपालिकाकाले आग्रह गरेको छ । रासस