५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको बारेमा यी रोचक कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ ।

यसैबीच आज यहाँ बाघबारे यस्ता रोचक कुराहरुबारे जानकारी लिऔं जुन तपाईलाई थाहा नहुन सक्छ ।

–विश्वका करिब ७० प्रतिशत बाघ भारतमा मात्र पाइन्छ ।

–बाघ संसारमा बिरालोको सबैभन्दा ठूलो प्रजाति हो ।

–पृथ्वीको सबैभन्दा ठूलो मांसाहारी जनावरको सूचीमा बाघ तेस्रो स्थानमा छ भने ध्रुवीय भालु पहिलो स्थानमा र खैरो भालु दोस्रो स्थानमा छ ।

–बाघ जन्मेको एक सातासम्म पूर्णतया दृष्टिविहीन हुन्छन् । जसमध्ये झण्डै आधा बच्चाहरू(डमरु) वयस्क हुनुअघि नै मर्छन् ।

–जन्मेपछि २ वर्षसम्म बच्चाको हेरचाह महिला बाघले मात्र गर्छिन् ।

–हामी मानिसको औंठाछाप जस्तै, प्रत्येक बाघको शरीरमा धारहरू अद्वितीय छन् ।

–बाघको रातमा देख्ने क्षमता मानिसको तुलनामा करिब ६ गुणा बढी हुन्छ ।

–बाघको गर्जनको आवाज धेरै ठूलो हुन्छ । तपाईं यसलाई ३ किलोमिटर टाढाबाट पनि सुन्न सक्नुहुन्छ ।

–बाघको दौडने गति ६० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ ।

–बाघहरू करिब ८ मिटरको दुरी र ५ ​​मिटरको उचाइमा उफ्रन सक्छन् ।

–बाघको औसत उमेर १०–१५ वर्ष हुन्छ तर विशेष परिस्थितिमा यो २५ वर्षसम्म बाँच्न सक्छ ।

–बाघलाई छिट्टै भोक लाग्छ र २–३ हप्ता भोकै बसेमा मर्न सक्छ भने सामान्य मानिस ३०–४० दिनसम्म नखाएर बाँच्न सक्छ ।

–भाले बाघ पोथी भन्दा ठूलो हुन्छ । भाले र पोथी बाघ एकसाथ मिल्न सक्छन् । तर, भाले–भाले र पोथी–पोथी बाघ मिल्न सक्दैनन् ।