२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरदेखि जेलजीवन भोगेका सञ्जय दत्त ६५ वर्षमा लागे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तले आज आफ्नो ६५ औं जन्मदिन मनाइरहेका छन् । आफ्नो ४३ वर्ष लामो फिल्म करियरमा करिब १८० फिल्ममा काम गरेका सञ्जय बलिउडका चर्चित स्टार सुनिल दत्त र नरगिसका छोरा हुन् ।

फिल्मी करियर जस्तै सञ्जयको व्यक्तिगत जीवन पनि धेरै उतारचढावबाट गुज्रियो । सानै उमेरमा लागुऔषधको लतमा लागे । डेब्यू फिल्म आउनुअघि नै आमाको निधन भयो ।

त्यसपछि जब उनको नाम मुम्बई बम ब्लास्ट मामिलामा आयो तब उनले ५ वर्ष जेलमा बिताए । स्टेज ४ फोक्सोको क्यान्सर ६१ वर्षको उमेरमा पत्ता लागेको थियो । यी सबै कठिनाइसँग लड्दै सञ्जय अझै पनि मुस्कुराएर जीवन बिताइरहेका छन् ।