२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

अवसरको खोजीमा सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी

अवसरको खोजीमा सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी
अ अ+ अ-
ढोरपाटन (बागलुङ) : काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र बस्तीमा पुग्न पाए हुन्थ्यो सोच्छन् । ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नम्बर ९ को स्यालपाखेमा रहेका तिब्बतीयन शरणार्थी बस्ती हुन् यी ।
दशकौँ अगाडि तिब्बतबाट आएका शरणार्थी अहिले पनि ढोरपाटनमा बसोबास गर्दै आएका छन् तर यहाँ पहिलेको जस्तो चहलपहल छैन । बस्ती सुनसानजस्तै छन् । शरणार्थीले ढोरपाटन छोड्दै गएका छन् । यहाँ रहेका ठूला–ठूला घर तथा भवन पनि जीर्ण बन्दै छन् ।
विगतमा विभिन्न समस्यासँग जुधेर पनि यहाँका बस्तीमै रमाइरहने शरणार्थी अचेल भने अवसरको खोजीमा सहर पस्न थालेका छन् । त्यसैले केही वर्षयता ढोरपाटनमा उनीहरूको सङ्ख्या कम हुँदै गएको छ । खेतीपाती र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका शरणार्थी अहिले व्यापार व्यवसायसँगै रोजगारीको खोजीमा काठमाडौँ, पोखरालगायतका सहर जान थालेका छन् । जसले गर्दा यहाँका बस्ती पातलिँदै गएका हुन् ।
नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले धेरैजसो शरणार्थी पोखरा र काठमाडौँ सरेको र अहिले बुढापाका मात्रै बस्तीमा रहेको सुनाउनुभयो । ढोरपाटनमा पहिले करिब डेढ सय परिवार रहेकोमा अहिले २० घरका करिब ४० जना मात्रै बसोबास गरिरहेका उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय बागलुङकानुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम छ । आव २०७८÷७९ मा ५६ जना, २०७९÷८० मा ५३ जना र गत आर्थिकमा ५० जनाले मात्र परिचयपत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । हरेक वर्ष चैत मसान्तमा शरणार्थीको परिचयपत्र नवीकरण हुने गर्छ । कोहीले वर्षैपिच्छे र केहीले दुई वर्षमा एकपटक नवीकरढा गर्ने गरेको बरालको भनाइ छ । “विसं २०५२ पछि नयाँ पुस्ताले परिचयपत्र पाएका छैनन् । पछिल्लो समय शरणार्थीहरू विदेशीन थालेका र शरणार्थी महिलाले नेपालीसँग विवाह गरेर नेपाली नागरिकता पाउने भएकाले पनि परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या कम हुँदै गएको छ”, सहायक प्रजिअ बराल भन्नुहुन्छ“त्यसैगरी२९ वर्षेदेखि नयाँ परिचयपत्र वितरण भएको छैन । धेरैजसो देशबाहिर जान थालेकाले पनि बर्सेनि परिचयपत्र बनाउनेको सङ्ख्या घट्दै गएको छ ।”
आफू ढोरपाटन मै जन्मिएको बताउने चालिस वर्षीया शरणार्थी भुदीले आफ्ना बुवा र हजुरबुवा विसं २०१८ मा ढोरपाटनमा आएको बताउनुभयो । यही जन्मेर र यही हुर्किंदा पनि शरणार्थीका समस्या समाधान नभएका उहाँको गुनासो छ । परिचयपत्रले मोबाइलको सिम कार्ड निकाल्न, बैंक खाता खोल्न, कारोबारदेखि अन्य सरकारी काम गर्न समस्या रहेको भुदीले सुनाउनुभयो । “बच्चाहरू स्कूल पढ्छन, ठूलो भएर विदेश जान खोजे पनि समस्या छ । बैंकमा खाता खोलौँ भने पनि मिल्दैन । कसैले पैसा पठाउन चाहेमा छिमेकी नेपालीको खातामा पठाउन लगाउनुपर्छ । शरणार्थी त थियौँ नै अरूमा आश्रित हुनुपरेकाले थप समस्या भएको छ”, उहाँले दुःखेसो पोख्नुभयो ।  रासस