१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने अभियानमा छौँ: अध्यक्ष दाहाल

०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने अभियानमा छौँ: अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ लाई लक्षित गरी पार्टीले काम गर्ने बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी दिनमा पार्टीलाई गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित अघि बढाइने पनि बताउनु भयो । ०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने उद्देश्यका साथ पार्टीअघि बढिरहेको बताउनु भयो । उहाँले आफूले सरकार छोड्दा विजेताको रुपमा बाहिरिएको तर अहिले सरकारमा रहेकाहरु हारेको जस्तो गरी सरकारमा बसिरहेको टिप्पणी गर्नुभयो । उहाँले आफूहरु जनता र मुद्दासँग जोडिएको जिकिर गर्नुभयो । सुशासन, सामाजिक न्याय, आर्थिक विकासको पक्षमा काम गरेपछि भ्रष्टहरु एक भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आउने दिनमा गम्भीर ढंगले यो पार्टीलाई फेरि गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित ०८४ लाई टोर्गेट गरेर एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ हाम्रो छलफल चलिरहेको छ । यस्तो बेलामा तपाईंहरु हाम्रो पार्टीमा जोडिन आउनुभएको छ । आज जोडिने कमरेडहरुलाई हार्दिक बधाई भन्न चाहन्छु, स्वागत गर्न चाहन्छु । झन्डै डेढ वर्ष सरकारको नेतृत्व गरेर हामी गत २८ गते विश्वासको मत लिने क्रमसँगै सरकार छोड्नुपर्ने स्थिति बन्यो ।’

‘सरकार छोड्दा र मैले संसदमा विश्वासको मतको निम्ति अपिल गर्दैगर्दा हामी विजयी,विजेताको रुपमा निस्किएका छाँै । सरकारमा जानेहरु हारेको जस्तो गरी बसेका छन् । हामी जनतासँग जोडिएका छौँ, हाम्रो मुद्दासँग जोडिएका छौँ । हाम्रो वर्ग र समुदायसँग जोडिएका छौँ । हामी सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक विकासको पक्षमा गम्भीरताका साथ पहल गर्दागर्दै सुशासनकै भय, डरका कारणले भ्रष्टहरु मिले भन्नेकुरा अहिले देशमा बच्चाबच्चाले पनि जानकारी पाएको छ । यो हाम्रो निम्ति संगठन बिस्तार गर्ने, सुदृढ गर्ने ठूलो आधार प्राप्त छ । त्यसकारण हामी उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आउँदैछौँ ।’

अध्यक्ष दाहालले उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आफूहरु लागेको पनि बताउनु भयो ।