२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीबीसी मास्टर सेफको टप ४ मा पुगे नेपाली सेफ ‘सन्तोष साह’



अ+ अ-

लन्डन । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् । हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका सन्तोषले यसपटक पनि त्यो क्रम दोहोर्‍याए । ‘इन्भेन्सन् राउन्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खिर चखाए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमौरा’ पनि पस्किए ।

निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेर पस्किँदा निर्णायकहरु दंग देखिन्थे । ‘कोदोको खिरका लागि त तयारी अगाडिदेखि नै गरेको थिएँ । तर निर्णायकको रोजाइमा खरायोको डिस तत्काल बनाउन दबाब नै थियो,’ साहले भने, ‘निर्णायकहरु मेरो हरेक खानामा पृथक स्वाद देखेर आश्चर्यचकित हुन्थे । नेपाली खाना पस्किएरै म अहिलेसम्म अगाडि बढिरहेको छु ।’ प्रतियोगितामा सहभागी भएर नेपाली खाना पस्कने ५ वर्ष अघिदेखिको आफ्नो सपना साकार भएकामा उनी गद्गद् छन् ।

‘प्रतियोगिता जितौंला हारौंला अलग कुरा हो । तर, लाखौं नेपाली र विदेशीको मन जितिसकेको छु,’ उनले भने । भविष्यमा पनि नेपाली खाना प्रवद्र्धनमा निरन्तर लागिरहने उनको प्रण छ । प्रतियोगिताका हरेक चरणमा सन्तोषले नेपाली खाना नै पस्किएका छन् । सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाइ अल्टिच्युड (हिमाली भेग) मा प्रचलित भेगन खाना भुटेको कांक्रोको बियां, बन तरुल, कटहरको भुटेको बिँया, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते । अघिल्ला चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए ।

एकदम कडा प्रतिस्पर्धा ठानिएको फाइनल राउन्डमा ६ प्रतियोगी सामेल थिए । मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल आउँदो बिहीबार बेलुका प्रसारण हुनेछ । त्यसअघि आज बुधबार बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिने छन् । सिरहा कर्जन्हा निवासी साह करिब दुई दशकदेखि यो पेसामा छन् । करिब एक दशक भारतमा र सन् २०१० यता बेलायतमा निरन्तर सक्रिय सन्तोषले यहाँ प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलहरुमा हेड सेफ भएर काम गरिसकेका छन् ।

बेलायतमा प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त रेस्टुरेन्टहरुमा एक्जुकेटिभ सेफसम्मको अनुभव उनीसँग छ । कान्तिपुर दैनिक