३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेली चेली ‘देवी प्रतिभा’: जिल्लाको सान आध्यात्मतर्फ अग्रस्थान



अ+ अ-

काभ्रेपलाञ्चोक । प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ । कम उमेरमा आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहनुभएकी ‘काभ्रेली चेली’ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिनुभएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिनुभएको हो ।

भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सामेल हुँदा नेपालीजनमा उहाँको प्रवचन र प्रचारप्रसार अझ चुलिएको काभ्रेली जनताले महसुस गरेका छन् ।

मानवसेवा फाउण्डेशन नेपाललगायतका संस्थाद्वारा आयोजित एकमहिने उक्त कोटीहोममा उपस्थित भक्तजनबाट प्राप्त माया र सद्भावले आफूलाई थप ऊर्जा मिलेको प्रतिभा बताउनुहुन्छ । यस कोटीहोममा नेपालका प्रवचक राधिका दाशी, पण्डित दीनबन्धु पोखरेल र देवी प्रतिभालगायत विदेशमासमेत ख्यातिप्राप्त पाँच कथावाचकले प्रवचन दिइरहनुभएको छ । काभे्रपलाञ्चोकमा जन्मिएर करिब एक दशकदेखि भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहनुभएकी प्रतिभाप्रति प्रफुल्लित देखिन्छन्, काभ्रेली जनता । उनको प्रतिभा देखेर गौरवान्वित भएकाले गृहनगर मण्डनदेउपुरलगायत जिल्लाका विभिन्न स्थानमा प्रतिभाको अभिनन्दनसमेत गरिएको छ ।

प्रतिभा साधुराम पराजुली र इन्दिरा पराजुलीको माइली छोरी हुनुहुन्छ । बाबु साधुरामका अनुसार प्रतिभा सानै उमेरदेखि आध्यात्मिक सोच राख्ने गर्दथिन् । पारिवारिक वातावरण पनि आध्यात्मिकता रहेको अवस्थामा सानैदेखि ‘पण्डित’ बन्ने प्रतिभाको धोको पूरा भएको परिवारले बताएको छ । “छोरीले म एक दिन मेरो बुबाआमालाई आफैँले श्रीमद्भागवत कथा वाचन गरेर सुनाउँछु भन्थिन् ।” प्रतिभाको आफ्नो सोच, चाहना पूरा भएकामा साधुराम गर्व गर्नुहुन्छ ।

बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण थिइन् । कोटीहोममा पनि प्रवचनका क्रममा धार्मिक गीतसङ्गीतमा श्रद्धालु भक्तजनलाई छमछमी नचाउनसक्ने खुबी उनको छ । उहाँ संलग्न धार्मिक कार्यक्रममा भीडभाड हुने गरेको छ भने उनीलाई पछ्याउनेहरु पनि त्यत्तिकै देखिन्छन् । अहिले पशुपति कोटीहोममा पनि उहाँलाई १०/१२ जना अङ्गरक्षकले सुरक्षा दिनुपर्ने बाध्यता रहेको आयोजकले स्पष्ट गरेको छ । सुरक्षाकर्मीलगायत भजनमण्डलीमा करिब ५० जनाको टिम उहाँसँग छ । प्रतिभा २३ वर्षको उमेरमै धेरै व्यस्त छिन् ।

बुवा साधुरामका अनुसार सुरुको विद्यालय शिक्षा बनेपास्थित पञ्चकुमारी बोर्डिङ स्कुलबाट लिएकी प्रतिभाले गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययनगरी काठमाडौँको वाल्मीकि विद्यापिठमा केही समय अध्ययन गरेको बताउनुहुन्छ । प्रतिभाको इच्छाअनुसार परिवारले उहाँलाई उच्च शिक्षा अध्ययनका लागि भारतको बृन्दावनमा पठाएको थियो ।

भागवत् पढ्न छ महिनामै सिकेको अनुभव उनी सुनाउँछिन् । अध्ययनकै क्रममा प्रवचन दिन थालेकी प्रतिभाले कैयौँ धार्मिक कार्यक्रममा प्रवचन दिएकी छन् । आगामी दिनमा पनि प्रवचनलाई निरन्तरता दिने सोच रहेको उनी बताउछिन् । कथा वाचनको सिलसिलामा सात वर्षपछि प्रतिभा नेपाल आएकी हुन् । उनीको प्रवचनको सारमा ‘धर्म मानवलाई नियममा बाँध्ने एउटा सूत्र’ हो । “सेवाभावले जनजनमा धार्मिक गतिविधि प्रचार गर्न सकियोस् भन्दै म यस क्षेत्रमा लागेको हो”, उनी भन्छिन् । “पत्थरले पनि मूर्तिको आकार पाउन निकै चोट सहनुपर्छ”, उनी भन्छिन्, “मेरो जीवनमा पनि यस्ता समस्या धेरै आए, म ती दिनहरु भुल्न सक्दिन ।”

प्रतिभाले काभ्रेपलाञ्चोकमा आज आयोजित अभिनन्दन कार्यक्रममा आफू संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार, जन्मिएको ठाउँ, आफ्ना समस्त नेपाली दाजुभाइलाई कहिल्यै नबिर्सने बताउँछिन् । उनीको रुचिअनुसार पढाइको व्यवस्था गर्न परिवारलाई धेरै मिहेनत गर्नुपरेको थियो । प्रतिभा सानो छँदा जिद्दी स्वभावको रहेको बताउने बाबु साधुराम उहाँको जिद्दी नराम्रो कामका लागि भने नरहेको बताउँछन् ।

“हामी उनको चाहनाविपरीत गएनौँ, उनी आफैँले एउटा बाटो समाएकी छिन्, अरुलाई पनि प्रेरणा दिएकी छिन्, देशविदेशमा नाम कमाएकी छिन्, उनी हाम्रो छोरी मात्र होइन, मण्डनदेउपुरको छोरी, काभ्रेपलाञ्चोकको सान र देशकै एउटा नाम जस्तै प्रतिभा भएकामा हामी निकै खुसी भएको छौँ”, बाबु साधुरामले भन्नुभयो ।रासस