१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

काभ्रेली चेली ‘देवी प्रतिभा’: जिल्लाको सान आध्यात्मतर्फ अग्रस्थान

काभ्रेली चेली ‘देवी प्रतिभा’: जिल्लाको सान आध्यात्मतर्फ अग्रस्थान
अ अ+ अ-

काभ्रेपलाञ्चोक । प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ । कम उमेरमा आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहनुभएकी ‘काभ्रेली चेली’ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिनुभएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिनुभएको हो ।

भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सामेल हुँदा नेपालीजनमा उहाँको प्रवचन र प्रचारप्रसार अझ चुलिएको काभ्रेली जनताले महसुस गरेका छन् ।

मानवसेवा फाउण्डेशन नेपाललगायतका संस्थाद्वारा आयोजित एकमहिने उक्त कोटीहोममा उपस्थित भक्तजनबाट प्राप्त माया र सद्भावले आफूलाई थप ऊर्जा मिलेको प्रतिभा बताउनुहुन्छ । यस कोटीहोममा नेपालका प्रवचक राधिका दाशी, पण्डित दीनबन्धु पोखरेल र देवी प्रतिभालगायत विदेशमासमेत ख्यातिप्राप्त पाँच कथावाचकले प्रवचन दिइरहनुभएको छ । काभे्रपलाञ्चोकमा जन्मिएर करिब एक दशकदेखि भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहनुभएकी प्रतिभाप्रति प्रफुल्लित देखिन्छन्, काभ्रेली जनता । उनको प्रतिभा देखेर गौरवान्वित भएकाले गृहनगर मण्डनदेउपुरलगायत जिल्लाका विभिन्न स्थानमा प्रतिभाको अभिनन्दनसमेत गरिएको छ ।

प्रतिभा साधुराम पराजुली र इन्दिरा पराजुलीको माइली छोरी हुनुहुन्छ । बाबु साधुरामका अनुसार प्रतिभा सानै उमेरदेखि आध्यात्मिक सोच राख्ने गर्दथिन् । पारिवारिक वातावरण पनि आध्यात्मिकता रहेको अवस्थामा सानैदेखि ‘पण्डित’ बन्ने प्रतिभाको धोको पूरा भएको परिवारले बताएको छ । “छोरीले म एक दिन मेरो बुबाआमालाई आफैँले श्रीमद्भागवत कथा वाचन गरेर सुनाउँछु भन्थिन् ।” प्रतिभाको आफ्नो सोच, चाहना पूरा भएकामा साधुराम गर्व गर्नुहुन्छ ।

बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण थिइन् । कोटीहोममा पनि प्रवचनका क्रममा धार्मिक गीतसङ्गीतमा श्रद्धालु भक्तजनलाई छमछमी नचाउनसक्ने खुबी उनको छ । उहाँ संलग्न धार्मिक कार्यक्रममा भीडभाड हुने गरेको छ भने उनीलाई पछ्याउनेहरु पनि त्यत्तिकै देखिन्छन् । अहिले पशुपति कोटीहोममा पनि उहाँलाई १०/१२ जना अङ्गरक्षकले सुरक्षा दिनुपर्ने बाध्यता रहेको आयोजकले स्पष्ट गरेको छ । सुरक्षाकर्मीलगायत भजनमण्डलीमा करिब ५० जनाको टिम उहाँसँग छ । प्रतिभा २३ वर्षको उमेरमै धेरै व्यस्त छिन् ।

बुवा साधुरामका अनुसार सुरुको विद्यालय शिक्षा बनेपास्थित पञ्चकुमारी बोर्डिङ स्कुलबाट लिएकी प्रतिभाले गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययनगरी काठमाडौँको वाल्मीकि विद्यापिठमा केही समय अध्ययन गरेको बताउनुहुन्छ । प्रतिभाको इच्छाअनुसार परिवारले उहाँलाई उच्च शिक्षा अध्ययनका लागि भारतको बृन्दावनमा पठाएको थियो ।

भागवत् पढ्न छ महिनामै सिकेको अनुभव उनी सुनाउँछिन् । अध्ययनकै क्रममा प्रवचन दिन थालेकी प्रतिभाले कैयौँ धार्मिक कार्यक्रममा प्रवचन दिएकी छन् । आगामी दिनमा पनि प्रवचनलाई निरन्तरता दिने सोच रहेको उनी बताउछिन् । कथा वाचनको सिलसिलामा सात वर्षपछि प्रतिभा नेपाल आएकी हुन् । उनीको प्रवचनको सारमा ‘धर्म मानवलाई नियममा बाँध्ने एउटा सूत्र’ हो । “सेवाभावले जनजनमा धार्मिक गतिविधि प्रचार गर्न सकियोस् भन्दै म यस क्षेत्रमा लागेको हो”, उनी भन्छिन् । “पत्थरले पनि मूर्तिको आकार पाउन निकै चोट सहनुपर्छ”, उनी भन्छिन्, “मेरो जीवनमा पनि यस्ता समस्या धेरै आए, म ती दिनहरु भुल्न सक्दिन ।”

प्रतिभाले काभ्रेपलाञ्चोकमा आज आयोजित अभिनन्दन कार्यक्रममा आफू संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार, जन्मिएको ठाउँ, आफ्ना समस्त नेपाली दाजुभाइलाई कहिल्यै नबिर्सने बताउँछिन् । उनीको रुचिअनुसार पढाइको व्यवस्था गर्न परिवारलाई धेरै मिहेनत गर्नुपरेको थियो । प्रतिभा सानो छँदा जिद्दी स्वभावको रहेको बताउने बाबु साधुराम उहाँको जिद्दी नराम्रो कामका लागि भने नरहेको बताउँछन् ।

“हामी उनको चाहनाविपरीत गएनौँ, उनी आफैँले एउटा बाटो समाएकी छिन्, अरुलाई पनि प्रेरणा दिएकी छिन्, देशविदेशमा नाम कमाएकी छिन्, उनी हाम्रो छोरी मात्र होइन, मण्डनदेउपुरको छोरी, काभ्रेपलाञ्चोकको सान र देशकै एउटा नाम जस्तै प्रतिभा भएकामा हामी निकै खुसी भएको छौँ”, बाबु साधुरामले भन्नुभयो ।रासस